एजेन्सी – सन् २००४को अगस्ट महिनामा बेलायतकी लोरेन नाम गरेकी एक महिलाको विवाह भएको थियो। पारिवारिक सहमतिमै भएको उक्त विवाहमा लोरेनकी आमा पनि उपस्थित थिइन्।
उक्त विवाहको सम्पूर्ण जिम्मा लोरेनकी आमा जुलीले लिएकी थिइन्। छोरीको इच्छा अनुसारनै विवाह गर्नको लागि हजारौं पाउण्ड खर्च गर्न पनि जुली पछि हटिनन्।

धुमधामले विवाह सम्पन्न भएपछि लोरेन र उनका श्रीमान पल हनिमुनको लागि जाने कुरा भयो। आमा जुली एक्लै होलिन् भनेर लोरेनले आमालाई पनि लैजाने निर्णय गरिन्।
हनिमुनमा हुँदा आमा जुली र ज्वाईं पल अलि बढी नै नजिक देखिए। तर, लोरेनले शंका गर्न भने सकिनन्। हुन त शंका गर्नु पनि कसरी ? पल लोरनका श्रीमान थिए भने जुली आमा !
विवाह भएको केहि महिना नबित्दै पलले लोरेनसँग सम्बन्ध विच्छेद गरे। सम्बन्ध विच्छेद पल जुलीसँग बस्न थाले। सन् २००५ मा जुलीले सन्तान जन्माइन्। जुलीले सन्तान जन्माएपछि सबै चकित परे।

वास्तविकता के थियो भने जुली र पल बीच लोरेनको हनिमुनकै बेला सम्बन्ध शुरु भएको थियो। हनिमुनमा आमा लैजानुनै लोरेनलाई भारी परेको थियो। सोहि समयमै नजिक भएका पल र जुली बीच सम्बन्ध शुरु भएको लोरेनले बुझेकी थिइनन्। पलसँगको सम्बन्ध स्वीकार गर्दै आएकी जुलीले अन्ततः सन् २००९ मा पलसँग विवाह गरिन्। उक्त विवाहमा लोरेन समेत सहभागी भएकी थिइन्।
आफ्नै आमाले श्रीमान खोसेको विषयमा कयौं वर्ष चुप बसेकी लोरेनले हालसालै सामाजिक संजालमा आफ्नो दुख सार्वजनिक गरेकी छन्। विश्वासै गर्न नसकिने यस घटना विभिन्न अन्तराष्ट्रिय संचार माध्यमहरुमा आएका छन्।

बताइएअनुसार, जुली र उन्ला पुर्वज्वाईं अहिले सुखद दाम्पत्य जीवन बिताइरहेका छन्। यता लोरेनको पनि अर्कै पुरुषसँग विवाह भैसकेको छ। हाल उनी चार बच्चाकी आमा छिन्। अहिले पनि उक्त घटनाले आफूलाई पिडा दिने गरेको लोरेन बताउँछिन्।

“त्यससमयमा म मात्रै १९ वर्षकी थिएँ। पलसँगको सम्बन्धबाट एक छोरी पनि जन्मिएकी थिइन्। आफ्नै आमाले श्रीमान खोस्दा कस्तो हुन्छ, मैले भोगेको छु”,लोरेन भन्छिन्।