लगभग ४५० केजी तौलका पाकिस्तानी ‘हल्क’लाई दुलही चाहियो, तौल कम्तिमा १०० केजी हुनुपर्ने !

पाकिस्तानको ‘हल्क’ को रूपमा चिनिने, २४ बर्षिय ‘अरबाब खिजर हयात’ एक ‘वेटलिफ्टर’ हुन्। उनलाई ‘खान बाबा’ भनेर पनि चिनिन्छ। उनको तौल ४४४ किलो रहेको छ। तर अहिले, यहि तौल उसको लागि समस्याको कारण बनेको छ। उनले आफ्नो तौल अनुसारको दुलही नै भेटेको छैन। वास्तवमा हयात चाहन्छन् कि, उनको दुलही कम्तिमा १०० किलोको होस् । जसले गर्दा उनीहरुको जोडी राम्रो देखियोस्।

अरबाब ‘पख्तूनख्वा जिल्ला’को मर्दानमा बसोबास गर्छन्। उनी भन्छन्, ‘मेरो बुबा चाहन्छ कि म बिहे गरु। उनको नातिनातिनासंग खेल्ने निकै चाहना छ, तर अहिलेसम्म मैले राम्रो केटि भेट्टाइन। पछिल्ला सात बर्षदेखि म मेरो हुनेवाला श्रीमतीको खोजीमा छु। २००-३०० जनाबाट बिहेको प्रस्ताव आएको थियो, तर ति सबै कम तौलका थिए।’

अरबाबका परिवारका अनुसार, अरबाबको लम्बाई छ फिट छ इन्च भएको कारण दुलहीकि लम्बाई पनि ‘छ फिट चार इन्च’ हुनुपर्छ। यस बाहेक, केटीले राम्रो खाना पनि पकाउन जानेकी हुनुपर्छ। अरबाबको दैनिक डाइट १० हजार केलोरी रहेको छ भने उनले दिनमा ३६ वटा अण्डा खाने गर्दछन्। त्यसै गरि दैनिक ४ ओटा कुखुरा र ५ लिटर दुध पनि खाने गर्छन्।

हयातको सपना संसारकै सबै भन्दा शक्तिशाली मानिस बन्ने हो। यसका लागि उनले किशोरावस्थादेखि नै आफ्नो तौल बढाउन सुरु गरेका थिए र आफ्नो सपना पुरा गर्न कुनै कसर बाँकी राखेनन्। त्यति धेरै तौल हुदा पनि उनलाई कुनै रोग भने लागेको छैन। उनी आफ्नो तौलबाट निकै फिट महसुस गर्दछ।

अरबाबले पहिलो पटक डोरीले बाँधिएको ट्र्याक्टर तानेर चर्चामा आएका थिए। उनको त्यस भिडियो निकै भाइरल पनि भएको थियो। उनले दावी गरेका छन् कि २०१२ मा उनले जापानमा ५००० केजी उठाएका थिए। डब्ल्यूडब्ल्यूई (WWE) बाट मेडल पाएको र उनको नाम गिनीज बुकमा दर्ता भएको पनि उनि दावी गर्छन। यद्यपि, उनका दावीमा कत्तिको सत्यता छ भन्ने प्रमाणित भने भएको छैन।

प्रकाशित : बुधबार, माघ ०८, २०७६१३:३०

६० वर्षे महिलासँग २० वर्षे लक्का जवानको चक्कर चलेपछि…