विवाहमा प्रायः केटा र केटी बीच उमेरको अन्तर हुने नै गर्दछ। चाहें त्यो प्रेम विवाह होस् वा मागी विवाह, उमेर त फरक हुन्छ नै। कुनै जोडीको कम अन्तर हुन्छ भने कुनैको अलि धेरै उमेर फरक हुने गर्दछ। तर, अन्तरको पनि एक सीमासम्म मात्रै कल्पना गर्न सकिन्छ। भारत स्थित मुरादाबादको रामपुरमा पनि त्यस्तै एउटा विवाह निकै चर्चाको विषय बिषय बनेको छ।
यो घटना सुन्दा अचम्म लाग्न सक्छ, तर रामपुरको सईदनगरका एक ६० वर्षीय महिलाले २० वर्षीय युवकसंग विवाह गरेका छन्। त्यस विवाहको खबरले वरपरका क्षेत्रहरुमा तहल्का नै मचायो। उक्त युवक ‘हरदोई’ का हुन्। उनीहरुका अनुसार, गल्तीले गरिएको एक मिसकलबाट उनीहरु एक अर्कासंग नजिक भएका थिए।
दुई वर्ष अगाडि, हरदोईका यी युवकले आफ्नो मोबाइल फोनबाट कहीँ सम्पर्क गर्ने क्रममा गल्तीले अरु नै ठाउमा फोन गयो। ती ६० वर्षीय महिलाले फोन उठाइन् जस पश्चात दुबैको फोनमा समान रुपमा कुराकानी हुन थाल्यो। फोनमा कुरा गर्दै जाने क्रममा उनीहरु दुवैले सँगै बस्ने कसम खाए।
ती महिलाले त्यस युवकलाई आफ्ना पति बितिसकेको र आफुसँग १२ बिघा जमिन भएको सबै कुरा बताइन् र विवाह पछि ती युवक उनकै गाउँमा बस्नु पर्ने पनि बताइन्। यसपछि युवक शनिबारको दिन ती महिलाको घरमा पुगे र उनीहरुले विवाह गरेन्। जब ती महिलाकी छोरीले आफ्नो आमाको बिहे बारे थाहा पाइन्, उनी आफ्नी घरबाट माइती आइन् र त्यस विवाहको विरोध गरिन्।
यो कुरा पुलिस स्टेशनमा पनि पुग्यो। दुबै पक्ष पुलिस स्टेशन गए। महिला र युवकले आपसी सहमतिमा विवाह गरेका कुरा खुलाए। यसपछि पुलिसले पनि कुनै कारबाही नगरि सबैलाई घर पठाई दिए।