धेरैनै सुन्दर र बोल्ड छिन् अनुराग कश्यपकी बोल्ड छोरी, बन्न चाहन्छिन् निर्देशक (तस्बिर सहित)

बलिउडका प्रसिद्ध निर्देशक ‘अनुराग कश्यप’ले आफ्नो चलचित्रबाट निकै नाम कमाएका छन्। विगतका दिनमा, अनुराग कश्यपले नागरिकता सम्बन्धी कानूनको बिरुद्ध आवाज उठाएर निकै चर्चाको बिषय बनेका थिए। तर निकै कम मानिसहरुलाई मात्र थाहा छ कि उनको एक सुन्दर छोरी पनि छिन्।

आज हामी अनुराग कश्यपकी छोरीको बारेमा चर्चा गर्नेछौ, जसले आजकाल निकै चर्चा कमाई रहेकी छिन्। अनुराग कश्यपकी छोरीको नाम ‘आलिया कश्यप’ हो र उनी मिडियाबाट टाढा नै बस्न रुचाउछिन्। तर, एक स्टारकिड हुनुका कारण मिडियामा प्राय: छाउने गर्छिन्।

बलिउडका अरु स्टारकिडहरु जस्तै, आलिया पनि सामाजिक संजालमा निकै सक्रिय रहन्छिन् र आफ्नो सुन्दर तस्बिरहरु साझा गरि रहन्छिन्। आलियाको राम्रो ‘फ्यान फलोइङ’ छ र उनलाई इन्स्टाग्राममा १४ लाख भन्दा बढीले ‘फलो’ गरेका छन्।

आलिया कश्यप, अनुराग कश्यपकी पहिलो श्रीमती आरती बजाजकी छोरी हुन्। आरती बजाज सम्पादक हुन् र अनुरागको धेरै जसो चलचित्रमा आरतीले नै सम्पादन गरेकी छिन्। अनुराग र आरती बजाजले २००३ मा विवाह गरेका थिए। यद्यपि, उनीहरुको सम्बन्ध धेरै बर्षसम्म टिक्न भने सकेन र अन्तत, २००९ मा उनीहरूको सम्बन्ध विच्छेद भएको थियो।

अनुराग र आरतीको सम्बन्ध बिच्छेद भएता पनि, दुबैको बिचमा राम्रो व्यावसायिक सम्बन्ध छ। आलिया हाल क्यालिफोर्नियाको ‘च्यापम्यान विश्वविद्यालय’ मा अध्ययन गरिरहेकी छिन्।

२०१७ मा आलिया कश्यपले ‘एजुकेशन अफ गर्ल्स’ नामक ‘डकुमेन्ट्री’ बनाएर निकै चर्चा कमाएकी थिइन्। उनी अभिनयमा भन्दा निर्देशनमा बढी रुचि राख्छिन्। आलिया आफ्ना बुबासँग धेरै नजिक छिन् र प्रायः उनीहरुलाई संगै देखिएको छ।

प्रकाशित : बिहिबार, माघ ०९, २०७६१४:०५

इन्टिमेट सिनको क्रममा यी टिभी अभिनेत्रीको उड्यो होश, बेकाबु भएपछि बीचमै रोक्नुपर्यो शूटिंग !