नेपाल आयल निगमलाई कर्मचारी चाहियो, एसएलसी पास गरेकालाई पनि मौका ! [सूचना सहित]

काठमाडौँ – नेपाल आयल निगमले प्राविधिक र अप्राविधिक पदमा दरखास्त आह्वान गरेको छ। शुक्रबार गोरखापत्रमा एक सूचना जारी गर्दै निगमले विभिन्न पदमा दरखास्त आह्वान गरेको हो।

अप्राविधिक तर्फ निगमले लेखा र प्रशासनमा दरखास्त आह्वान गरेको छ भने प्राविधिक तर्फ इन्जिनियरिङ, ल्याब र कम्प्युटर अपरेटरमा दरखास्त आह्वान गरेको छ। खुला र समावेशी दुवै तर्फ कर्मचारीको माग गरिएको निगमले जनाएको छ।

निगममा अनुसार दरखास्त आह्वान गरिएको पदहरुका लागि लिखित परीक्षा लोक सेवा आयोगले लिनेछ। माग गरिएको पदमा योग्यहरुले अनलाइन मार्फत दरखास्त दिन सक्नेछन्।

दरखास्त दिन jobs.noc.org.np/open मा गएर अनलाइन मार्फत फारम भर्न सकिने निगमको भनाई छ । दरखास्त दिन इच्छुकहरुले गोरखापत्रमा प्रकाशित भएको मितिले २१ दिनभित्र र टोब्बर दस्तुर तिरी म्याद सकिएको मितिले ७ दिनभित्र दरखास्त फाराम पेस गर्न सक्नेछन्।

“यस निगममा रिक्त रहेका देहाय बमोजिमका पदहरू खुला प्रतियोगितादारा छनोट गरी स्थायी रूपमा पूर्ति गर्नका लागि इच्छुक योग्य नेपाली नागरिकहरू बाट jobs.noc.org.np/openमा गई अनलाइन मार्फत यो सूचना गोरखापत्रमा प्रकाशित भएको मितिले २१ दिनभित्र २ टोब्बर दस्तुर तिरी म्याट सकिएको मितिले ७ दिनभित्र दरखास्त फाराम पेस गर्नुहुन आह्वान गरिएको छ।”,गोरखापत्रमा प्रकाशित सूचनामा भनिएको छ।

प्रकाशित : शुक्रबार, माघ १०, २०७६०४:२५

“ओलीको पिंजडामा फसेर प्रचण्डको उत्तानो टाँग भइसक्यो, छट्पटाइरहेछन्” – बाबुराम