कंगना देखि करण जोहरसम्म, यी बलिउड कलाकारहरु भए पद्मश्री पुरस्कारबाट सम्मानित

केन्द्रीय सरकारले वर्ष २०२० को लागि पद्मश्री पुरस्कारको सूची जारी गरिसकेको छ। बिभिन्न क्षेत्रहरुमा उल्लेखनीय योगदानका लागि उनीहरुलाई सरकारद्वारा सम्मानित गरिनेछ। यो सूची २५ जनवरी अर्थात्, गणतन्त्र दिवस भन्दा ठीक एक दिन अगाडि जारी गरिएको थियो। जसमा बलिउड तथा स्क्रिनका ति कलाकारहरुलाई समावेश गरेको छ, जसले लामो समयदेखि कलाकारितामा आफ्नो कला प्रदर्शन गर्दै आएका छन्। आउनुहोस् पद्मश्री पुरस्कार जितेका बलिउड कलाकारहरुका बारेमा चर्चा गरौँ।

कंगना रनौत

बलिउडको क्वीन कंगना रनौत बी-टाउनकी एक सशक्त अभिनेत्री हुन्। उनले फेसन, क्वीन, तनु वेड्स मनु श्रृंखला र मणिकर्णिका जस्ता चलचित्रहरुबाट दर्शकहरुलाई निकै मनोरञ्जन गराइन्। पद्मश्री पुरस्कार पाउँदा अभिनेत्री निकै खुसी छिन्। उनले सरकारलाई धन्यवाद दिदै, भनिन्,”म सम्मानित महसुस  गर्दैछु। मेरो मेहेनत देखिदिनुभएकोमा निकै धन्यबाद दिन चाहन्छु। म यो सम्मान ती महिलाहरुलाई समर्पण गर्न चाहन्छु, जसले सपना देख्ने हिम्मात गर्दछन्।”

अदनान सामी

गायक अदनान सामी, उनको ‘लिफ्ट कराडे’ गीतबाट प्रसिद्धी कमाएका थिए। यसपछि, गायकको लोकप्रियता बढ्दै नै गयो। अदनान आफ्नो आवाज तथा आफ्नो भिन्नै गाउने शैलीका लागी परिचित छन्। शनिबार, पद्मश्री पुरस्कार जस्ता उच्च सम्मानबाट सम्मानित भएपछि अदनानले सरकारप्रति आभार व्यक्त गरेका थिए। ट्विटरमा सामीले यस समयलाई उनको ३४ बर्षको सांगेतिक यात्राको सबैभन्दा विशेष समयको रुपमा वर्णन गरेका छन्। यस वर्षको मार्च वा अप्रिलमा आयोजित हुने समारोहमा राष्ट्रपतिद्वारा उनलाई पुरस्कृत गरिनेछ।

एकता कपूर

टिभी इंडस्ट्रीकी क्वीन र ‘एलटी बालाजी प्रोडक्शन हाउस’का निर्माता एकता कपूरलाई, २०२०को पद्मश्री पुरस्कारका लागि छनोट भएकी छिन्। उनले आफ्नो खुसी ब्यक्त गर्दै आफ्नो इन्स्टाग्राममा सबैलाई धन्यावाद दिएकी छिन्।

करण जोहर

बलिउड फिल्मका निर्देशक तथा ‘धर्म प्रोडक्शन्स’ का मालिक करण जोहरलाई पद्मश्रीले सम्मानित गरिने भएको छ। करणले ‘कुछ कुछ होता है, कभी खुशी कभी गम, माई नेम इज खान र स्टुडेन्ट अफ द ईयर जस्ता सुपरहिट फिल्महरू निदेशण गरेका छन्। यस पुरस्कारबाट सम्मानित भएकोमा करण जोहरले भने,’यो निकै कम नै हुने गर्छ जब मसँग मेरा भावनाहरु व्यक्त गर्न शब्द नै हुदैन र यो एक यस्तो नै अवसर हो… पद्मश्री। मलाई थाहा छ मेरो बुवा गर्व गर्नुहुनेछ, कास उनि यस पल मेरो खुसी साट्न यहाँ भइदिएको भए’।

प्रकाशित : आइतबार, माघ १२, २०७६११:३६

नुहाउदै मोटर साइकल कुदाइरहेका यी व्यक्ति परे ट्राफिकको फन्दामा, नुहाएको जरिवाना ९००० (भिडियो सहित)