अरुण जलविद्युत् आयोजनास्थलमा बम वि’स्फोट!

सांकेतिक तस्बिर

सङ्खुवासभा जिल्लामा निर्माणाधीन अरुण तेस्रो जलविद्युत् आयोजनास्थलमा आज ब’म वि’स्फोट भएको छ । चिचिला गाउपालिका–३ स्थित आयोजनाको जलविद्युत गृह  छेउमा भएको विस्फोटमा नेत्रविक्रम चन्द समूहका कार्यकर्ताको संलग्न रहेको आशङ्का गरिएको छ ।

ब’म वि’स्फोटबाट अरुण तेस्रोले राखेको जेनेरेटरमा क्षति पुगेको छ । कुकर ब’म पड्किँदा जेनेरेटर नजीकै पर्खालमा पनि क्षति पुगेको छ । प्रहरीले अहिलेसम्म कसैलाई पक्राउ गरेको छैन । घटनास्थलमा कुकरका टुक्रा भेटिएका छन् ।

रोजगारमुखी शिक्षा अहिलेको आवश्यकता : अध्यक्ष तिमिल्सिना
राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले रोजगारमुखी शिक्षा अहिलेको आवश्यकता रहेको बताउनुभएको छ । बालकुमारी माध्यामिक विद्यालय नारायणगढको स्वर्ण महोत्सव एवं ५४ औँ वार्षिकोत्सवमा आज उहाँले अहिलेको शिक्षाले बेरोजगार उत्पादन गर्ने काम मात्रै गरेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “शिक्षा लिएको हातमा प्रमाणपत्र छ तर कतै काम पाइँदैन ।” यसले समाजमा नकारात्मक प्रभाव परेको भन्दै उहाँले अबको शिक्षा हरेक स्थानमा मानिसको शैक्षिक योग्यताको कदर हुने खालको हुन आवश्यक रहेको बताउनुभयो । “शिक्षा पढाइ मात्रै नभएर यसलाई व्यावहारिक जीवनमा समेत उतार्न सक्नुपर्छ”, उहाँले भन्नुभयो । शैक्षिक गुणस्तर वृद्धिका लागि शिक्षक, अभिभावक र विद्यार्थी जिम्मेवार हुन आवश्यक रहेको उहाँले बताउनुभयो ।

सो अवसरमा विद्यालयलाई सहयोग गर्ने विभिन्न व्यक्तिलाई सम्मान गरिएको थियो । विद्यालय २०२२ साल माघ १२ गते स्थापना भई सञ्चालनमा आएको हो ।

प्रकाशित : आइतबार, माघ १२, २०७६१३:१६

पोखरा एयरपोर्टबाट गो’लीसहित जितु शाही पक्राउ!