“ठूला पार्टी म्याद गुज्रेका औषधि हुन्, भरोसका गर्न लायक हामी मात्रै” – सिके राउत

काठमाडौँ – जनमत पार्टीका केन्द्रीय अध्यक्ष डा सिके राउतले देशको निर्माणमा पूराना राजनीतिक पार्टीहरु बाधक बनेको आरोप लगाएका छन्।

जनमत पार्टी रुपन्देहीले भैरहवामा आयोजना गरेको आमसभामा बोल्ने क्रममा राउतले पूराना राजनीतिक पार्टीहरुलाई म्याद गुज्रेका औषधिको उपनाम दिँदै यस्तो बताएका हुन्।

राउतका अनुसार नेपाल कम्युनिस्ट पार्टी (नेकपा), नेपाली कांग्रेस, समाजवादी पार्टी, राष्ट्रिय जनता पार्टीलगायतका ठूला पार्टीहरु म्याद गुज्रेको औषधि हुन्।

म्याद गुज्रेको औषधिले शरीरमा नकारात्मक असर पारेजस्तै म्याद गुज्रेका पार्टीले देशमा राम्रो गर्ने भन्दा पनि धेरै ‘रिएक्सन’ पार्दै आएको राउतले बताए।

यस्तै उनले जनताले विश्वास गर्न लायक पार्टी जनमत पार्टी मात्र रहेको पनि जिकिर गरे। जनताको भरोसकाको रुपमा अब एक मात्र जनमत पार्टी रहेको कारण पार्टीलाई साथ दिन उनले आग्रह गरे।

मधेशी पार्टीले शहीदहरुको बलिदानलाई पद पाउने बाटो मात्र बनाएको आरोप राउले लगाए। अहिलेको मधेशी पार्टीले शहीदहरुको बलिदानको मोलतोल गरेको उनको आरोप छ।

प्रकाशित : सोमबार, माघ १३, २०७६१३:३२

“चारो देखाएर नकपाले शिकार गर्छ, हामी उम्केको देखेर राजपाले पाठ सिकोस्” – बाबुराम भट्टराई