टिभीबाट बलिउडमा प्रवेश गरेकी हिना खान, आफ्नो स्टाइलका लागि परिचित छिन्। रियलिटी शो ‘बिग बोस ११’ पछि त झन्, हिना खान एक स्टाइल आइकनको रुपमा चर्चित भएकी छिन्। उनको हरेक रुपलाई दर्शकहरुले निकै मन पराएका छन्। हिनाले लगाएको लुगाबाट नै उनको आत्मविश्वास स्पष्ट देखिन्छ। हिना, स्टाइलको साथ उनको फिटनेसका लागि पनि निकै परिचित छिन्।
हालसालै, हिनाका केहि तस्वीरहरु फेरी भाइरल भइरहेको छ। यी तस्वीरहरूमा हिनाको अहिलेसम्मकै बोल्ड लुकमा देखिएकी छिन्। यी तस्वीरमा हिना ब्रालेट, निलो ज्याकेट र प्यान्टमा देखा परेकी छिन्। हल्का मेकअप र खुला कपालमा उनी निकै नै आकर्षक देखिएकी छिन्।
तस्विरमा, उनले स्टाइलका साथ, हातमा वाइनको गिलाससहित पोज गर्दैछिन्।
त्यसै गरि अर्को एक तस्बिरमा हिना मल्टीकलरको शोल्डर क्रोप टप र शिम्री प्लाजो प्यान्टमा देखा परेकी छिन्।
यस तस्वीरमा हिना सोफामा बसीरहेकी छिन्। हिनाका यी तस्विर पनि सामाजिक सन्जालमा निकै वायरल भइरहेको छ, जुन फ्यानले निकै मन पराई रहेका छन्।
हिनाको चलचित्र ‘ह्याक्ड’ को ट्रेलर हालसालै रिलीज भएको छ। यस चलचित्र एक पागल प्रेमीको कथामा आधारित छ। हिनाको यस फिल्म ७ फेब्रुअरीमा प्रकाषण हुँदैछ। यस बाहेक, हिना ‘दि लास्ट विश’ र ईन्डो-हलिउड फिल्म ‘कन्ट्री अफ दि ब्लाइन्द’मा पनि देखा पर्नेछिन्।