कुकुरले खाइदियाे कोक्रोमा सुतिरहेका बालकको लिं’ग, अवस्था गम्भीर!

सांकेतिक तस्विर

काठमाडौँ, सोमबार दिउसो करिब ४ बजे कालिकोटमा अचानक अपत्यारिलो घटना घटेको छ। माघ १३ गते मध्यान्हमा कोक्रोमा सुतिरहेका  तिन महिनाको बालकको लिं’ग कुकुरले खाइदिएको छ ।

कालिकोट रास्कोट नगरपालिका ३ का एक बालकको लिं’ग कुकुरले चुडाएर रगताम्य बनाई दिएको छ  । त्यसपछि तत्काल उपचारका लागि स्थानीय स्वास्थ्य संस्थामा लगिएको बालकको स्वस्थ स्थिति गम्भीर रहेको छ। उनलाई थप उपचारको लागि जिल्ला अस्पतालमा रिफर गरिएकोघाइते बालकका हजुरबुवाले बताएका हुन्।

बालकको परिवारकाे आर्थिक अवस्था कमजोर भएको   कारण उनको उपचारमा समस्या परेको स्थानीयले बताएका छन् ।

बाजुरामा चार रेक्टरको भूकम्प
बाजुरामा आज बिहान भूकम्प गएको छ । बिहान ७ बजेर ५९ मिनेटमा चार दशमलव दुई रेक्टरको भूकम्प गएको मापक केन्द्र काठमाडौँले  जनाएको छ ।

भूकम्प जिल्लाको पूर्वी उत्तरी भेगको हिमाली गाउँपालिका साबिकको रुगिन गाविसको उत्तरी भाग र विच्छ्या गाविसको दक्षिणीमा रहेको दोबाटोमा केन्द्र विन्दु बनाएर उक्त रेक्टरको भूकम्प गएको भूकम्पविद् मुकुन्द भट्टराईले जानकारी दिनुभएको छ । उहाँले दिएको जानकारीअनुसार सो क्षेत्रमा कुनै पनि बस्ती नभएको र बीच बाटो भएकाले केही क्षति नपु¥याएको बताउनुभयो । एकाबिहानै भूकम्प आएपछि जिल्लाका स्थानीयवासी त्रसित बनेका हुन् ।

जिल्लामा पटक÷पटक भूकम्प जान थालेपछि भूकम्प प्रतिरोधात्मक घर नभएपछि यहाँका स्थानीयवासी त्रसित बन्दै गएको बताइएको छ । पुराना ढुङ्गा र काठबाट बनाइएका घरसँगै सिमेन्ट र इँटाबाट बनाएका घर भूकम्परहित नभएपछि जिल्ला सबैभन्दा बढी भूकम्पको जोखिममा रहेको बताइएको छ ।

प्रकाशित : मङ्गलबार, माघ १४, २०७६०७:०२

आस्थालाई भेट्न अस्पताल पुगेकी रेखा थापाले मध्यरातमा लेखिन यस्तो स्टाटस!