काठमाडौँ, माघ १४ । सोमबार बिहान अभिभावकसहित महानगरीय प्रहरी परिसर, टेकुमा पुगेर आत्मसमर्पण गरेकी गायिका आस्था राउत अस्पताल भर्ना भएकी थिइन् । उनि सोमबार साँझ नै अस्पताल भर्ना भएकी हुन् । हाइपर टेन्सनका कारण समस्या भएपछि आस्थालाई त्रिपुरेश्वरको ब्लुक्रस अस्पतालमा भर्ना गरिएको थियो । सामान्य विवादमा नै गायिका आस्थामाथि पक्राउ पूर्जी जारी गरेर ४ दिन म्याद थप गरिएपछि अहिले प्रशासनको आलोचना भइरहेको छ । त्यस्तै अभिनेत्री रेखा थापाले पनि प्रहरीको निर्णयबाट रुष्ट छिन् ।
अभिनेत्री रेखा आस्था राउतलाई भेट्न सोमबार साँझ नै अस्पताल पुगेकी थिइन् । उनले आवाज उठाएकै भरमा यस्तो सजायँ न्यायोचित नभएको बताएकी छिन्।
आस्थालाई भेटेपछि उनि संगको एक तस्विर शेयर गर्दै उनि लेख्छिन्, ‘आस्था रावत प्रहरी हिरासतमा रहेको र उनले प्रयोग गरेका अभिब्यक्तीबारे सबैजसोलाई थाहा छ । उनकै शब्दमा समग्र प्रहरी संगठन प्रती पर्न गएको अमर्यादाबारे भुल स्विकार पनि गरेकी छन । यस बाहेक आस्था एक नागरिक पनि हुन र उनले सेवा प्रबाहमा गरिने व्यबहार बारे सुधारको लागि आ’क्रोसित भएको देखिन्छ । ब्यक्ती नागरिक र पदाधिकारी जो भएपनी मानविय व्यबहार र असुन्तुष्टी पोख्ने ठाउँ नै यस्तै सार्वजनिक स्थलहरु हुने गर्दछ । यसलाई ठुलो बिषय र संस्था प्रतिको आ’क्रमण नठानी एउटा सेवाग्राहिको जान अन्जान आ’क्रोसको रुपमा लिएर यथासिघ्र हिरासत मुक्त गर्नु पर्दछ । यस बाट हामी सबैले सकारात्मक पाठ सिक्नु पर्छ र सुधार हुने अबसर ठान्नु पर्छ । आस्थाले नियोजित अपराध होइन भुल/आ’क्रोसमा अपशब्द बोलेको रुपमा लिनु पर्छ । यस्ता घटना धेरैका वास्तविक जीवनमा घटेका हुन्छन र कैयन सार्वजनिक हुँदैनन । सिक्दै जाने क्रममा समाज पनि सुधार हुँदै जाने भएकोले यसलाई कानुनी र प्रशासनिक बिषय मात्रै बनाउनु हुँदैन ।”