आस्थामाथि अचाक्ली कारवाही गरिएको भन्दै नायिका श्वेताले लेखिन यस्तो स्टाटस!

काठमाडौँ, माघ १४ । सोमबार बिहान अभिभावकसहित महानगरीय प्रहरी परिसर, टेकुमा  पुगेर आत्मसमर्पण गरेकी थिइन्। सामान्य विवादमा नै गायिका आस्थामाथि पक्राउ पूर्जी जारी गरेर ४  दिन म्याद थप गरिएपछि प्रशासनको चौतर्फी आलोचना, विरोध र दबाब  भयो। त्यसपछि  दोस्रो दिनमै अभियोग पत्र दायर गर्‍यो ।  तर गायिका आस्था राउत हिरासतमा भने बस्नु परेन। उनि सोमबार साँझ नै अस्पताल भर्ना भएकी थिइन्  । हाइपर टेन्सनका कारण समस्या भएपछि आस्थालाई त्रिपुरेश्वरको ब्लुक्रस अस्पतालमा भर्ना गरिएको थियो ।

आस्था राउतमाथि भएको प्रहरी प्रशासनको यस्तो किसिमको कानुनी कारबाहीलाई अचाक्लिको संज्ञा दिँदै अभिनेत्री श्वेता  खड्काले यस्तो  भनेकी छिन्’:

“गायिका आस्था र कानुन प्रतीको निष्ठा

अ’भद्र व्यवहारको आरोप खेपिरहेकी गायिका आस्था राउत यतिखेर प्रहरीको हिरासतमा छिन् । केहीसमय अघि विमानस्थलमा चेकजाँच गर्न बसेकी महिला प्रहरीसँग भएको सामान्य विवादमा फेसबुक लाइभ आएर प्रहरीको चेकजाँच गर्ने प्रकृया माथि औंला उठाएकी आस्थालाई चेकजाँच गरेकी प्रहरीले उनीविरुद्ध उजुरी दिए पस्चात अहिले उनलाई प्रहरी प्रती अ’भद्र ब्यवहार गरेको आरोपमा सोधखोज गर्न हिरासत लगिएको हो । यो बिषयले यतिखेर सामाजिक संजालमा एउटा नयाँ बहसको उठान गरेको छ । म यसलाई  सामाजिक बहसको रुपमा लिन चाहन्छु । किनकी आस्था राउत जस्ता धेरै ब्यक्तिहरुले सुरक्षाकर्मीहरुको ब्यवहार प्रती बारम्बार औंला उठाउने र गुनासो गर्ने गरेको समाचार विगतमा पनि देख्न र पढ्न पाइएको छ । अहिले, चर्चित गायिकासंग जोडीएको भएर यो मुद्दाले प्राथमिकता पाएको हो भन्दा अयुक्ती नहोला किनकी आमजनताको गुनासोले यस्तो स्पेस पाउन मुस्किल छ ।

यसो भन्दैमा मैले यहाँ आस्था राउत को पक्षमा या सुरक्षाकर्मिको बिपक्षमा बोल्न खोजेको भनी पक्कै होइन । म यो मुद्दालाई सामाजिक मुद्दाको रुपमा उठोस्, बहस होस् र त्यही अनुसारको निर्क्यौल पनि निस्कियोस् भन्ने पक्षमा छु ताकी भोलिका दिनमा यस्ता घटनाहरु नदोहरिउन् ।

यतिखेर हामी नेपाल भ्रमण बर्ष २०२० को संघारबाट एक कदम भित्र प्रवेश गरेका मात्र छौं । आन्तरिक तथा बाह्य पर्यटननै भ्रमण बर्ष २०२० को मुल स्रोत तथा आधार हो । बाह्य पर्यटनको मुल प्रबेशद्वार त्रिभुवन अन्तरास्ट्रिय बिमानस्थालनै हो तत् पस्चात् का सहायक द्वार भनेको घरेलु बिमानस्थलहरुनै हुन । म पनि धेरै यात्राा गर्न रुचाउने गर्छु । यि यात्राका क्रममा राष्ट्रिय तथा अन्तरास्ट्रिय बिमानस्थलहरु पुग्ने गर्छु । यतिबेला म आफ्नै बिमानस्थल र अन्य देशका बिमानस्थलमा हामी प्रती हुने ब्यवहारहरुमा केही भिन्नता पाउँछु । दु:खका साथ भन्नु पर्छ, हाम्रो बिमानस्थलहरुमा हुने ब्यवहारहरु कहिले काहीं पचाउन गार्‍है हुन्छ । त्यही अपच ब्यवहारहरुले आक्रोसित तुल्याउनु सामान्य प्रकृयानै हो । यही प्रकृयाको उपझनै हो ,आस्था काण्ड ।

सिसी क्यामेराको भिडियो फुटेजमा आस्था र सुरक्षाकर्मी बिचको नोंकझोक देखियो तर सुनिएन । रुखो, तितो र रुस्ट बोलिले द्वन्द निम्त्याउँछ । आवाज नभएको भिडियोले दुई बिचको संवाद सुनिएन त्यसैले भिडियोको आधारमा भन्नु पर्दा म दोश कुनै एक को मात्रै देख्दिनँ । हो, लाइभमा आएर सुरक्षाकर्मी बिरुद्द बोल्नु चाँही आस्थाको गल्ती हो । जस्लाई आस्थाले पनि पछील्लो प्रतिकृयाहरु मार्फत स्विकारेकी छिन् ।

अत: आस्थाको पनि दोष देखाई रहँदा म भन्न चाहन्छु कि आस्थाले यत्ती ठुलो गल्ती गरेकी पनि छैनन् जस्लाई कठघरामै उभ्याउन परोस् अनी हिरासातमै राखेर केरकार गर्न परोस् । मुस्कान सहितको सेवा दिने प्रतिवद्दता देखाएका सुरक्षाकर्मीहरुको मुहारमा मुस्कान नभेटिंदै गर्दा अन्य नागरिकको अनुहारमा हाँसो खोज्नु कत्तिको जायज होला ?

सुरक्षाकर्मी देख्नासाथ हामीभित्र सम्मानको भाव जाग्नु पर्ने हो, डर लाग्नु पर्ने होइन । तर अहिलेको अवस्था ‘ड’रलाग्दो’ छ । कानुन तर्साउनको लागि हुनु हुँदैन आत्मसाथ गर्नको लागि हुनु पर्छ । गल्तीको आकार हुन्छ र परीमाण हुन्छ अनी कानुनमा त्यही अनुसारको सँजाय पनि तोकिएको छ । तर, आस्थालाई अहिले जुन किसिमको कानुनी कार्वाही गरिंदैछ त्यो अचाक्ली गरिंदैछ । उनी कुनै फौजदारी अभोयोग या कुनै ज्यान मुद्दा वा चोरि तस्करीको अभियोग लागेकी ब्यक्ती होइनन् । सबैले देख्नेगरी र सुन्ने गरी सामान्य गल्ती गरेकी एक लोकप्रिय नेपाली कलाकार हुन । यिनले गरेको गल्तिको आकार र परीमाण बारे हामी सबैले आँकलन गर्न सक्छौं तर बिडम्बना यिनलाई चाहिने भन्दा बढी बिछिप्त बनाइने कोशीस भईरहेको अनुमान गर्न कठिन छैन ।

म मेरा यिनै शब्दहरु मार्फत अब साधारण नसिहतका साथ आस्थालाई सिघ्र रिहाको लागि अपिल गर्दछु । ब्यक्तीमा सुधार ल्याउनका निमित्त सँजाय तोकिने हो- त्यही सँजायले कुनै ब्यक्तिको मानसिकतामा बिक्रिडन पैदा गरायो भने त्यस्को कुनै महत्वहुँदैन । अपराधलाई बढावा दिने संजाय होइन- अपराधलाई घटाऊने खालको कानुन, नियम र सँजाय हुनु पर्छ ।
अन्तमा : चाहे सुरक्षाकर्मी हुन या हामी जस्ता आमा नागरिक, हामी सबैको मुहारमा मुस्कान नै सुहाउँछ । मुस्कान सहितको सालीन ब्यवहारले मात्र भ्रमण बर्ष २०२० लाई सफल बनाउन मद्दत गर्छ । त्यसैले आस्थालाई गल्ती नदोर्‍ह्याउने बाचा गरेर अहिलेको कार्वाहीबाट मुक्ती दिईनु पर्छ भने सुरक्षाकर्मिहरुलाई पनि ‘आम नागरिकसंग सालीन ब्यवहार गर्नु पर्छ’ भन्ने कडा निर्देसन सहित ड्युटीमा खटाउनु पर्छ ।”

आस्था राउत छुटिन्

प्रकाशित : मङ्गलबार, माघ १४, २०७६११:२७

गृहकार्य नगरेको भन्दै शिक्षकले भाँचीदिए हात, पक्राउ !