फ्यानले सेल्फी खिच्दा सलमानले रिसाउदै मोबाइल खोसेपछि…[भिडियो]

बलिउड अभिनेता सलमान खान जति  आफ्नो राम्रो अभिनयको कारण चर्चित छन् त्यति नै उनी रिसको कारण पनि चर्चित छन्। प्राय: उनि आफ्नो रिस थाम्न सक्दैनन्। एकपटक फेरी उनि आफ्नो रिस कन्ट्रोल गर्न नसक्दा विवादमा तानिएका छन् ।

वास्तवमा  सलमान आफ्नै फ्यानमाथि गरेको व्यवहारले विवादमा तानिएका हुन्। जब सलमान गोवा एयरपोर्टमा पुगेका थिए तब उनका एक पुरुष फ्यानले आफ्नो मोबाइलबाट सेल्फी  लिदै  थिए । तर सलमानले एक्कासी उनको हातबाट मोबाइल खोसे  र रिसाउदै एयरपोर्टबाट बाहिर निस्किए।

हाल सामाजिक संजालमा सलमानले फ्यानको हातबाट मोबाइल खोसेको भिडियो बाहिरिएको छ । उक्त भिडियोमा सलमान एयरपोर्टबाट बाहिर निस्किदै गर्दा एक पुरुषले सेल्फी लिन लाग्छन् तर सलमानले रिसाउदै मोबाइल खोस्छन्। ति पुरुष सलमान आउने कुरा थाहा पाएर उनलाई हेर्नकै लागि एयरपोर्टमा बसेका थिए।

बताइएअनुसार सलमान आफ्नो नया फिल्मको शुटिंगको लागि गोवा पुगेका छन् ।  बलिउड अभिनेत्री दिशा पटानी सलमान खानको साथ दोस्रो फिल्ममा अभिनय गर्दै छिन् । ‘भारत’ पछि  दिशा पटानी सलमान खानको साथ ‘राधे’ मा देखिनेछिन्। दिशा पटानी र सलमान खानको फिल्म ‘राधे’  २०२० को ईदमा रिलिज हुदैछ।

प्रकाशित : बुधबार, माघ १५, २०७६०९:०८

बलिउड नायिकाहरुको नाइटो छेड्ने शौख : यी हुन् नाइटो छेडाइसकेका पाँच अभिनेत्री