बलिउड नायिकाहरुको नाइटो छेड्ने शौख : यी हुन् नाइटो छेडाइसकेका पाँच अभिनेत्री

एजेन्सी – जब फेसन ट्रेन्डको कुरा आउँछ, तब कलाकारहरु जहिले पनि आफूलाई अगाडी र अपडेटेड राख्छन्। जसक्रममा कलाकारहरु सामान्य व्यक्तिले भन्दा फरक फेसन समेत गर्न पुग्छन्। यस्तै फेसन ट्रेन्ड मध्ये नाइटो छेड्ने ट्रेन्ड पनि एक हो। यो ट्रेन्ड सामान्य व्यक्तिहरु भन्दा कलाकार माझ अलि बढी चर्चित छ। यो ट्रेन्ड देखि बलिउड कलाकार पनि टाढा हुन सकेका छैनन्। बलिउडमा कयौं नायिकाहरुले नाइटो छेडेका छन्। जस मध्ये केहि निम्न छन्।

प्रियंका चोपडा

प्रियंका ग्रैमी अवार्ड २०२०मा बिल्कुलै फरक अवतारमा देखा परेकी थिइन्। स्टाइलिस अफ वाइट ग्राउनमा देखिएकी प्रियंकाका केहि तस्विरहरु सामाजिक संजालमा अत्याधिक चर्चाको विषय बन्न पुग्यो। तस्विरमा प्रियंकाको बेली पिर्यसिङ प्रष्ट देखिएका थिए।

मौनी रोय

टेलिभिजन हुँदा बलिउड प्रवेश गरेकी मौनी रोय विशेष गरेर आइटम डान्सको लागि चर्चित छिन्। विभिन्न चलचित्रहरुका लागि मौनीले गरेको आइटम डान्स अत्याधिक चर्चामा रह्यो। मौनी पनि पिर्यसिङ मनपराउँछिन्। सामाजिक संजालमा सार्वजनिक भएका उनका विभिन्न तस्विरहरुमा नाइटो छेडेको देखिएको छ।

अनन्या पाण्डे

अनन्या सामाजिक संजालमा धेरैनै सक्रिय छिन्। सामाजिक संजालमा उनी दैनिक तस्विरहरु शेयर गर्छिन्। स्टाइल सेन्स र फिटनेसको लागि चर्चित अनन्याको केहि समय अगाडी एक तस्विर सार्वजनिक भएको थियो। जसमा उनको बेली पिर्यसिङ देखीएको थियो।

कंगना रनावत

फेसनको मामलामा कंगना पनि पछि छैनन्। कंगना पनि चल्तीका फेसन ट्रेन्ड पच्छ्याउने गर्छिन्। विवादमा परिरहेने कंगनालाई पनि बेली पिर्यसिङ मन पर्छ। कंगनाले पनि आफ्नो नाइटो छेडेकि छन्। केहि वर्ष अगाडी कंगनाले गराएको एक फोटोशुटमा कंगनाको बेली पिर्यसिङ प्रष्ट देखिएको थियो।

किम शर्मा

बोल्ड तस्विरहरुका कारण चर्चा र विवादमा रहन्छिन्, किम शर्मा। किमले केहि समय अगाडी केहि बिकिनी तस्विरहरु सार्वजनिक गरेकी थिइन्। जसमा बेली पिर्यसिङ प्रष्ट देखिएको थियो।

प्रकाशित : बिहिबार, माघ १६, २०७६०५:४६

कोरोना भाइरसले सनी लियोनीको सात्तो लियो ! [भिडियो सहित]