कोरोना भाइरसले सनी लियोनीको सात्तो लियो ! [भिडियो सहित]

काठमाडौँ – चीनका सबै राज्यमा कोरोना भाइरसको संक्रमण फैलिसकेको छ। तिब्बतमा पनि संक्रमित भेटिएसँगै चीनका सम्पूर्ण राज्यमा कोरोना भाइरसको संक्रमण फैलिएको पुष्टि भएको छ।

चीनबाट शुरु भएको कोरोना भाइरसको सङ्क्रमण विश्वभर फैलिन सक्ने खतरा बढेर गएको छ। कोरोना भाइरसको संक्रमण नेपाल, भारत, अमेरिका, भेतनाम लगायतका कयौं देशमा देखा परिसकेको छ।

भारतको केरलामा पनि बिहीबार पहिलो बिरामी फेला परेका छन् । कोरोना भाइरस लागेका बिरामी चीनको वुहानबाट फर्किएको स्थानीय संचार माध्यमहरुले बताएका छन्।

बताइएअनुसार, भारतमा ती बिरामीलाई उच्च सतर्कता साथ स्वास्थ्यकर्मीको निगरानी राखिएको छ। कोरोना संक्रमित भेटिएपछि भारतमा त्रास फैलिएको छ।

यसैबीच बलिउड नायिका सनी लियोनीलाई पनि कोरोना भाइरसको संक्रमण सर्न सक्ने डरले सताएको छ। हालसालै सार्वजनिक भएको एक भिडियोमा सनी मास्क सहित देखिएकी छन्। कोरोना भाइरसको संक्रमणको त्रास बढेसँगै सनी मास्कमा देखिएकी हुन्।

सार्वजनिक भएको भिडियोमा सनी विमानस्थलमा हिडिरहेकी देखिन्छिन्। सनीलाई देखेर एक युवती सेल्फी लिन आइपुग्छिन्। सेल्फी लिन आएकी युवती देखेर सनी मास्क लगाउँछिन्।

सनीले ती युवती नजिक आएलगतै कोरोना भाइरसको डरले मास्क लगाएको भारतीय संचार माध्यमहरुले दावी गरेका छन्।

 

View this post on Instagram

 

#CoronaVirusAlert No Selfie Pls #SunnyLeone at the airport today #instalove #staysafe #wednesday #ManavManglani

A post shared by Manav Manglani (@manav.manglani) on

प्रकाशित : बिहिबार, माघ १६, २०७६१०:५६

बिहे भएको ८ महिनामै यि चर्चित गायिकाको डिभोर्स!