मेष राशि – चु,चे,चो,ला,लि,लु,ले,लो,अ (Aries )
मेष राशिका व्यक्तिहरुका लागि, यस महिनामा सफलताका साथै तनावपूर्ण पनि रहनेछ। पारिवारिक वातावरण पनि तनावपूर्ण हुने देखिन्छ, विशेष गरी आमा बुबाको स्वास्थ्यको ख्याल राख्नुहोला। व्यापारको हिसाबले यो महिना निकै शुभ रहनेछ। प्रतियोगितामा सफलता पाउनुका साथै नयाँ जोडीका लागि सन्तान प्राप्तिको योग रहेको छ।
बिशेष: महिनाको १७ र १८ तारिख अशुभ रहनेछ।
वृष राशि – इ,उ,ए ,ओ,वा,वि,वु,वे,वो (Taurus)
महिनाको सुरुवातमा आकस्मिक धन प्राप्तिको सम्भावना रहेको छ। अड्किएको पैसा फिर्ता आउनेछ। सरकारी काममा सफलता मिल्नेछ। यस महिनामा अधिक ऋणको पासोमा नपर्नुहोला। आफुले गरेको कामबाट मन शान्त रहनेछ। उच्च अधिकारीहरुसंग राम्रो सम्बन्ध बनाउदा सफलता जारी रहने देखिन्छ।
बिशेष: महिनाको १४ र १५ तारिख अशुभ रहनेछ।
मिथुन राशि – का,कि,कु,घ,ङ,छ,के,को,ह (Gemini )
यस महिना, मिथुन राशिका व्यक्तिहरुलाई राम्रो सफलता मिल्ने देखिन्छ। अपमान गर्ने व्यक्तिहरुले पनि प्रसंशा गर्नेछ। विदेश यात्रा तथा बैदेशिक रोजगारका लागि पनि राम्रो योग रहेको छ। विदेशी नागरिकताका लागि आवेदन दिन चाहानुहुन्छ भने, समय निकै अनुकूल देखिन्छ। स्वास्थ्यको दृष्टिकोणबाट भने केहि समस्याको सामना गर्नु पर्ला।
बिशेष: महिनाको २० र २१ तारिख अशुभ रहनेछ।
कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
कर्कट राशिका व्यक्तिहरूका लागि यस महिना मिश्रित परिणाम मिल्नेछ। कार्य क्षेत्रका शत्रुहरुबाट बच्नुहोला। कुनै पनि प्रकारको विवादमा नपर्नुहोला। विवाहसम्बन्धी मामिलामा केही अल्पकालिन अवरोध आउन सक्ला। व्यापारमा प्रगति हुने देखिन्छ। स्वास्थ्यको ख्याल राख्नुका साथै आगोबाट बच्नुहोला।
बिशेष: महिनाको २३ र २४ तारिख अशुभ रहनेछ।
सिंह राशि – म, मि, मु, मे, मो, ट, टि, टु, टे (Leo )
फेब्रुअरी महिनाले यस राशिका व्यक्तिहरुका लागि ठूलो सफलता ल्याउने देखिन्छ। कुनै प्रकारको समस्या नदेखिएको हुदा, आफ्नो उर्जा शक्तिको पूर्ण उपयोग गरेर काममा संलग्न हुनुहोला। रोजगारीका लागि सबै प्रयासहरू सार्थक हुने देखिन्छ। विद्यार्थीहरूका लागि यो महिना वरदान जस्तो रहेको हुदा परीक्षामा राम्रो अंक प्राप्त गर्न कडा परिश्रम गर्नुहोला। नयाँ जोडीका लागि सन्तान प्राप्तिको राम्रो योग रहेको छ।
बिशेष: महिनाको १२ र १३ तारिख अशुभ रहनेछ।
कन्या राशि – टो ,प, पी, पु, ष, ण, ठ, पे, पो (Virgo)
यस महिना कन्या राशिका व्यक्तिहरुको साहस र पराक्रम बढ्नेछ। ऊर्जा शक्तिको नयाँ संचार हुनेछ, परिणामस्वरुप सजिलै ठूलो भन्दा ठुलो कार्य वा निर्णय लिन सक्षम हुने देखिन्छ। सम्पत्ति जोड्ने योग रहेको हुदा यसको पूर्ण फाइदा उठाउनुहोला। बच्चाका केहि समस्याहरुले चिन्तित बनाउन सक्ला। विद्यार्थीले भने राम्रो अंकका लागि कडा परिश्रम गर्नुपर्ने देखिन्छ।
बिशेष: महिनाको २८ र २९ तारिख अशुभ रहनेछ।
तुला राशि – रा, री, रु, रे, रो, त, ति, तु, ते (Libra)
महिनाको सुरुवातमा पारिवारिक झगडा तथा मानसिक अशान्तिको कारण तनावपूर्ण हुने देखिन्छ। तर चाडै नै सबै समस्याहरुबाट मुक्ति मिल्ने हुदा धैर्यका साथ काम गर्नुहोला। शिक्षा तथा प्रतिस्पर्धामा राम्रो सफलताको योग रहेको छ। विदेश यात्राबाट पूरा लाभ मिल्ने देखिन्छ। धर्म-कर्ममा पनि मन जानेछ। नयाँ जोडीका लागि सन्तान प्राप्ति वा विकासको योग रहेको छ।
बिशेष: महिनाको २१ र २२ तारिख अशुभ रहनेछ।
वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, य, यी, यु (Scorpio)
लामो समयदेखि प्रतीक्षा गरिएको काम व्यवस्थित हुनेछ। आर्थिक रुपमा पनि निकै लाभ हुनेछ। जग्गा तथा सम्पत्ति सम्बन्धि मामिलाहरुमा सफलता मिल्नुका साथै महँगो सामान पनि खरीद गर्ने देखिन्छ। पारिवारिक जिम्मेवारी पूरा गर्नुका साथै सामाजिक प्रतिष्ठा बढ्नेछ। शत्रुबाट टाढै रहनुहोला। स्वास्थ्यमा पनि केहि ध्यान दिनुपर्ने देखिन्छ।
बिशेष: महिनाको ५ र ६ तारिख अशुभ रहनेछ।
धनु राशि – ये, यो, भ, भि, भु, ध, फ, ढ, भे (Sagittarius)
महिनाको सुरुवातमा मिश्रित परिणाम मिल्नेछ। आर्थिक पक्ष बलियो हुनेछ, तर विवाहित जीवनमा केही तीतोपन आएता पनि विवाहसँग सम्बन्धित कार्य भने अर्थपूर्ण रहनेछ। बच्चा सम्बन्धी चिन्ताबाट राहत पाउनेछ। नयाँ जोडीका लागि सन्तान प्राप्तिको राम्रो योग रहेको छ। व्यापारी वर्गका लागि तुलनात्मक हिसाबले समय अनुकुल हुनुका साथै, नयाँ व्यवसाय सुरु गर्नका लागि पनि राम्रो योग रहेको छ।
बिशेष: महिनाको २५ र २६ तारिख अशुभ रहनेछ।
मकर राशि – भो, ज, जी, जु, जे, जो, ख, खि, खु, खे, खो, ग, गी (Capricorn )
मकर राशिका व्यक्तिहरुले यस महीना उत्कृष्ट परिणाम पाउनेछन्, तर महिनाको सुरुवातमा भने केहि मानसिक तनावको महसुस् हुनेछ।आर्थिक पक्षमा सुधार हुनुका साथै अड्किएको पैसा फिर्ता पाउने देखिन्छ। घर जग्गा सम्बन्धी समस्याहरुको समाधान हुनेछ। परिवारका वरिष्ठ सदस्यहरुसंग मतभेद हुन सक्ला। धर्म-कर्म तथा दान पुण्यमा पनि मन जानेछ।
बिशेष: महिनाको १० र ११ तारिख अशुभ रहनेछ।
कुंभ राशि – गु, गे, गो, स, सी, सु, से, सो, द ( Aquarius)
कुंभ राशिहरुका लागि फेब्रुअरी महिना अत्यधिक भागदौड तथा खर्चको योग बनेको हुदा प्रत्येक कार्य वा निर्णय ध्यानपूर्वक लिनुहोला।आँखा सम्बन्धित रोगको विशेष ध्यान दिनुपर्नेछ। नाफा प्रशस्त हुने, आयमा वृद्धि हुने र अवरुद्ध पैसा पाइने देखिन्छ। सन्तान सम्बन्धि चिन्ताबाट मुक्त मिल्नेछ। प्रेम सम्बन्ध अझ बलियो हुने देखिन्छ।
बिशेष: महिनाको १२ र १३ तारिख अशुभ रहनेछ।
मीन राशि – दी, दु, थ, झ, ञ, दे, दो, च, ची (Pisces )
यस महिना आफ्नो अभिभावकको स्वास्थ्यको ध्यान राख्नुहोला। जागिरमा पदोन्नती हुने सम्भावना रहेको छ। नयाँ कार्य सुरु गर्नका लागि पनि समय निकै अनुकूल देखिन्छ। सामूहिक झगडाका कारण केही समस्या देखा पर्न सक्छ। आफ्नो योजनाहरु गोप्य राखेर काम गर्नु निकै फलदायक साबित हुनेछ।
बिशेष: महिनाको ५ र ६ तारिख अशुभ रहनेछ।