फेब्रुअरी महिना शुरु भइसकेको छ। अन्य महिना झैं यस महिनामा ग्रहचक्रमा विभिन्न परिवर्तन हुनेछन्। महिनाभर हुने विभिन्न ग्रहको राशि परिवर्तनले हरेक राशिमा भिन्न-भिन्न प्रभाव पर्नेछ।
यस महिला तीन ग्रह सूर्य, मंगल र शुक्रले राशि परिवर्तन गर्नेछन्। लगभग ४५ दिन पछि मंगलले राशि परिवर्तन गर्न लागेको हुँदा केहि राशिहरुलाई यस महिना धेरै शुभ हुन सक्छ। कुन ग्रहको राशि परिवर्तन कहिले छ ? हेर्नुहोस् केहि जानकारी
ग्रहचक्रमा महिनाभर केके परिवर्तन हुन्छन् ?
सूर्य
सूर्यको राशि परिवर्तन हरेक महिना हुने गर्छ। सूर्यको राशि परिवर्तनकै आधारमा हिन्दु महिना(वैशाख-चैत) निर्धारण हुने गर्छ। सूर्यले एक राशिबाट अर्को राशिमा प्रवेश गरेसँगै नयाँ महिना लागेको मान्ने चलन छ। सूर्यको राशि परिवर्तन फेब्रुअरी महिनाको १३ तारिखमा परेको छ। त्यस दिनबाट मकर राशिबाट कुम्भ राशिमा सूर्यको प्रवेश हुनेछ।
चन्द्र
चन्द्र लगभग सवा दुई दिनमा राशि बदल्ने गर्छ। सबै ग्रहहरु भन्दा छिटो राशि परिवर्तन गर्ने हुँदा चन्द्रले राशिचक्रमा पार्ने प्रभाव पनि सवा दुई दिनमा परिवर्तन हुने गर्छ।
मंगल
मंगल ऊर्जाको प्रतिक हो। मंगल जातकका व्यक्तिहरु धेरै नै जाँगरिला हुन्छन्। मंगल फेब्रुअरी ०८ मा धनु राशिमा प्रवेश गर्नेछ। यसको असर पनि सबै राशिमा फरक-फरक तरिकाले पर्नेछ।
बुध
कुण्डलीमा बुधको उपस्थितले मानिसहरुलाई विद्वान बनाउँछ। बुध जनवरी ३१ मा कुम्भ राशिमा प्रवेश गरेको थियो । बुधको उक्त राशि परिवर्तनको प्रभाव फेब्रुअरीमा पनि रहनेछ।।
शुक्र
जीवनमा सुख र समृद्धि शुक्रको शुभ प्रभावबाट मिल्ने गर्छ। शुक्र फेब्रुअरी ३ बाट कुम्भ राशिबाट मीन राशिमा प्रवेश गर्नेछ । यस्तो हुँदा सबै राशिलाई फरक-फरक असर पर्न सक्छ।
शनि
फेब्रुअरीमा शनिको कुनै पनि राशि परीवर्तन छैन । लगभग साढे दुई वर्षपछि जनवरीमा शनिले राशि परिवर्तन गरेक थियो। हाल शनि मकर राशिमा छ।
यी ग्रहचक्रमा हुने प्रतक्ष्य परिवर्तनको कारण राशिहरुलाई पर्ने समग्र असरको आधारमा महिना सबै भन्दा निम्न पाँच राशि हुनेहरुलाई फाइदाजनक सावित हुन सक्छ।
वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
महिनाको सुरुवातमा आकस्मिक धन प्राप्तिको सम्भावना रहेको छ। अड्किएको पैसा फिर्ता आउनेछ। सरकारी काममा सफलता मिल्नेछ। यस महिनामा अधिक ऋणको पासोमा नपर्नुहोला। आफुले गरेको कामबाट मन शान्त रहनेछ। उच्च अधिकारीहरुसंग राम्रो सम्बन्ध बनाउदा सफलता जारी रहने देखिन्छ।
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
फेब्रुअरी महिनाले यस राशिका व्यक्तिहरुका लागि ठूलो सफलता ल्याउने देखिन्छ। कुनै प्रकारको समस्या नदेखिएको हुदा, आफ्नो उर्जा शक्तिको पूर्ण उपयोग गरेर काममा संलग्न हुनुहोला। रोजगारीका लागि सबै प्रयासहरू सार्थक हुने देखिन्छ। विद्यार्थीहरूका लागि यो महिना वरदान जस्तो रहेको छ। नयाँ जोडीका लागि सन्तान प्राप्तिको राम्रो योग रहेको छ।
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
महिनाको सुरुवातमा मिश्रित परिणाम मिल्नेछ। आर्थिक पक्ष बलियो हुनेछ, तर विवाहित जीवनमा केही तीतोपन आएता पनि विवाहसँग सम्बन्धित कार्य भने अर्थपूर्ण रहनेछ। बच्चा सम्बन्धी चिन्ताबाट राहत पाउनेछ। नयाँ जोडीका लागि सन्तान प्राप्तिको राम्रो योग रहेको छ। व्यापारी वर्गका लागि तुलनात्मक हिसाबले समय अनुकुल हुनुका साथै, नयाँ व्यवसाय सुरु गर्नका लागि पनि राम्रो योग रहेको छ।
कसलाई अशुभ ?
महिनाभर हुने विभिन्न राशि परिवर्तन र अन्य ग्रहको स्थितिका कारण महिना केहि राशि हुनेहरुका लागि केहि हद सम्म अशुभ सावित हुन सक्छ। महिना कर्कट, कुम्भ र वृश्चिक राशि हुनेहरुलाई अलि बढी नै अशुभ रहन असक्छ। यी तीन राशि हुनेहरुले शत्रु देखि बच्नु पर्ला। गोपनियता बाहिरिन सक्ने हुँदा सजक हुन पर्ने देखिन्छ। यात्रा गर्न पनि समय उचित नहुन सक्छ।