ग्रहचक्रमा शुक्रको ठूलो परिवर्तन : यी राशिलाई मिल्नेछ लाभै-लाभ !

ज्योतिष शास्त्रका अनुसार, शुक्रलाई वैवाहिक सुख, धन र ऐश्वर्यको कारक ग्रह मानिन्छ। कुन्डलीमा शुक्र ग्रहको शुभ उपस्थतीमा चाहेजस्तै आर्थिक लाभ मिल्छ। शुक्रको गोचर अनुसार पनि लाभ प्रदान हुने गर्दछ। जब शुक्र ग्रह एक राशिबाट अर्को राशिमा प्रवेश गर्दछ, तब यसले सबै राशिहरुलाई प्रभाव पार्नुका साथै लाभ पनि प्रदान गर्दछ।

यसै बीच शुक्रले सोमबार बिहान राशि परिवर्तन गरेको छ। कुम्भमा रहेको शुक्रले सोमबार बिहान २ बजेर ४५ मिनेट जाँदा मीन राशिमा प्रवेश गरेको हो। मीन राशिमा शुक्रको गोचरले १२ राशिहरुलाई कसरी असर गर्छ ? हेर्नुहोस् –

मेष राशि:

यस गोचरले मेष राशिका लागि शुभ परिणाम दिनेछ। यस समयमा विदेश यात्राका लागि पनि राम्रो योग बन्नेछ। जुन लाभदायक पनि साबित हुनेछ। खर्चमा ध्यान दिनुहोला। स्वास्थ्यमा भने केहि समस्याहरु देखा पर्ला।

वृष राशि:

शुक्रको गोचरका कारण, यस राशिका व्यक्तिहरुको आय श्रोत बढ्नेछ। एक भन्दा बढी आयको स्रोत बन्नुका साथै काममा सफलता पनि प्राप्त हुने देखिन्छ। रोजगारमा नयाँ सम्झौता प्राप्त हुने योग छ। शिक्षाको प्रतिस्पर्धामा पनि राम्रो सफलता प्राप्त हुने देखिन्छ।

मिथुन राशि

शुक्रको गोचरको अवधिमा, मिथुन राशिका व्यक्तिहरुले शासन सत्ताको पूर्ण सुख प्राप्त गर्नेछन्। रोजगारमा पदोन्नतीका साथै स्थानान्तरणको योग रहेको हुदा लाभ उठाउन सकिनेछ। विवादबाट टाढा बस्नुहोला, अन्यथा घाटा हुने देखिन्छ।

कर्कट राशि

कर्कत राशिका व्यक्तिहरुका लागि, यस गोचरबाट भाग्यको पुरा साथ मिल्नेछ। व्यवसायीक सम्बन्ध राम्रो हुने देखिन्छ। परिवारमा हुने शुभ कार्यहरुले वातावरण खुशी रहनेछ। सवारी साधन, घर आदिका कामहरुको लागि समय निकै शुभ रहेको छ।

सिंह राशि

यस गोचरले सिंह राशिहरुका लागि निकै फाइदाजनक साबित हुनेछ। धन लाभ हुनुका साथै आर्थिक पक्ष मजबूत हुनेछ। निकै लामो समयदेखि भइरहेका समस्याहरु हट्ने देखिन्छ। यससँगै, खर्चमा भने केहि नियन्त्रण गर्नु पर्ला।

कन्या राशि

कन्या राशिहरुका लागि, यस गोचर वरदान साबित हुनेछ।  विवाह सम्बन्धी वार्ता सफल हुनेछ। दैनिक व्यापार बढ्नुका साथै लाभ पनि बढ्ने देखिन्छ। आफ्नो कामबाट सबैको मन प्रशन्न रहनेछ। यो अवधि महिलाका लागि बढी अनुकूल हुने देखिन्छ।

तुला राशि

यो समय तुला राशिहरुका लागि सामान्य रहनेछ। यस समयमा शत्रु बढ्नुका साथै शत्रु निकै प्रभावकारी हुने देखिन्छ। अदालत मुद्दामा सफलता प्राप्त हुने योग रहेको छ। अधिक यात्रा गर्नुका साथै बहुमूल्य वस्तुमा धन खर्च हुने देखिन्छ।

वृश्चिक राशि

यस राशिका व्यक्तिहरूका लागि शुक्रको यस गोचर निकै शुभ रहनेछ। विद्यार्थीहरुले प्रतिस्पर्धी परीक्षामा सफलता प्राप्त गर्नेछन्। नयाँ जोडीका लागि सन्तान प्राप्ति र विकासको राम्रो योग भइरहेको छ। अधिक ऋण तथा लेनदेनबाट भने टाढा रहनुहोला।

धनु राशि

यस समयमा धनु राशिहरुले नयाँ सम्पत्ति जोड्ने देखिन्छ। आफन्तहरुको सम्बन्धमा अझ सुधार हुनेछ। मान-सम्मानमा वृद्धि हुनुका साथै
सामाजिक प्रतिष्ठा पनि बढ्नेछ। आफुले गरेको कामको कदर हुने र रोजगारमा पनि पदोन्नति हुने योग रहेको छ।

मकर राशि

यस गोचरका कारण, मकर राशिका क्याक्तिहरुको कामको क्षेत्रमा विस्तार हुनुका साथै जिम्मेवारी पनि बढ्नेछ। कार्यहरु पूर्ण रुपमा सफल हुनेछ। परिणाम स्वरुप, आफुले गरेको निर्णय तथा कामको कदर हुने देखिन्छ।

कुंभ राशि

शुक्रको गोचरको अवधिमा, आफुले सोचेको प्रत्येक रणनीतिहरु प्रभावकारी हुनुका साथै वित्तीय पक्ष अझ मजबूत हुनेछ। अचल सम्पत्ती जोड्नका लागि राम्रो योग रहेको देखिन्छ। आफ्नो योजनाहरु गोप्य राख्नुहोला। स्वास्थ्यमा भने केहि समस्याहरु देखा पर्ला।

मीन राशि

शुक्रको गोचरका कारण मीन राशिका व्यक्तिहरुलाई धन लाभ हुने देखिन्छ। शत्रुहरु पराजित हुनेछन्। विवाहको लागि पनि समय निकै शुभ रहनेछ। व्यापार बिस्तार हुनुका साथै, निकै लाभ पनि हुने देखिन्छ। महिलाहरुबाट लाभान्वित हुने देखिन्छ।

प्रकाशित : सोमबार, माघ २०, २०७६०९:०५

[सावधान] राशि अनुसार तपाईलाई लाग्न सक्छ यी रोग !