विशाक्त खानाका कारण गयो तीन गैँडाको ज्यान

सांगेतिक तस्बिर

चितवन राष्ट्रिय निकुञ्जमा कालगतिले गुमाएको १४ गैँडामध्ये तीन विषाक्त खानाले ज्यान गएको छ । शनिबार पूर्वी नवलपरासीको सेहेरीमा फेला परेको गैँडा विषाक्त खानाका कारण ज्यान गएको प्रारम्भिक अध्ययनले देखाएको छ ।

निकुञ्जका वरिष्ठ पशु चिकित्सक डा विजय श्रेष्ठका अनुसार गत हप्ता तमासपुर क्षेत्रमा एउटा गैँडा र एक महिनाअघि गाँजीपुर क्षेत्रमा अर्को एक गैँडा विषाक्त खानाकै कारण ज्यान गएको प्रारम्भिक अध्ययनले देखाएको छ । गत साता फेला परेको गैँडाको पेटमा १० महिनाको बच्चासमेत रहेको थियो। श्रेष्ठका अनुसार ती गैँडाको आन्द्रा र पेटमा रक्तश्राव भएको शव परीक्षणमा देखिएको छ । यद्यपि कारण प्रष्ट हुनका लागि विषादी परीक्षण गर्न प्रयोगशालाको खोजी भइरहेको उहाँले जानकारी दिनुभयो ।

श्रेष्ठले भन्नुभयो, “ती गैँडाका अङ्गको नमूना सुरक्षित राखेका छौँ, कहाँ विषादीको परीक्षण हुन्छ बुझ्ने काम भइरहेको छ ।” ज्यान गुमाएका तीनै गैँडाको अन्य महत्वपूर्ण अङ्गमा कुनै समस्या नदेखिएको उहाँले बताउनु भयो । सबै गैँडाको पेटमा तोरी देखिएको भन्दै उहाँले विशाक्त तोरीका कारण पनि हुनसक्ने अनुमान गरिएको जानकारी दिनुभयो । यद्यपि प्रयोगशालाबाट परीक्षण भएपछि मात्र यकीन भन्न सकिने उहाँको भनाइ छ ।

शनिबार सेहेरीमा भेटिएको गैँडा भाले हो भने अन्य दुई पोथी गैँडा हुन् । यससँगै अन्य कालगतिले ज्यान गुमाएका गैँडा बुढो भएर, जुधेर, दलदलमा फसेर र करेन्ट लागेर ज्यान घुमेको उहाँले बताउनुभयो । गत कात्तिकदेखि चालु महीनासम्म प्राकृतिक कारणले धेरै गैँडा म’र्ने गरेको निकुञ्जको तथ्याङ्कमा उल्लेख छ । गत साल प्राकृतिक कारणले ४३ गैँडा म’रेका थिए । यस वर्ष सात महिना पुग्न लाग्दा १४ गैँडा ज्यान गुमाइसकेका छन् ।

तुलनात्मक हिसाबले कम गैँडा म’रेका भए पनि निकुञ्जले प्राकृतिक कारणको ज्यान जाने क्रम अझ घटाउन गृहकार्यमा रहेको जनाएको छ । वन मन्त्रालयले प्राकृतिक कारणले गैँडा ज्यान घुमाएको कारण पत्ता लगाउन समितिसमेत गठन गरेको छ । अघिल्ला वर्षमा पनि वार्षिक २५ हाराहारी गैँडा कालगतिले ज्यान गुमेको तथ्याङ्क छ । हरेक पाँच÷पाँच वर्षमा गैँडा गणना गर्ने गरिन्छ । पछिल्लो गणनाअनुसार सो निकुञ्जमा ६०५ गैँडा रहेका थिए । यस वर्ष निकुञ्जमा गैँडा गणना गरिँदैछ ।

प्रकाशित : आइतबार, माघ १९, २०७६०७:३३

राष्ट्रियसभा बैठक: अख्तियारको पारदर्शीताबारे विधेयकमा उल्लेख गर्न माग