चर्चमा भएको आकस्मिक भागदौडका क्रममा तान्जानियामा कम्तीमा २० जनाको ज्यान गएको छ। देशको उत्तरतर्फ रहेको ‘तान्जानिया’को चर्चमा भएको घटनामा परी उनीहरुको ज्यान गएको सरकारी अधिकारीहरुले आइतबार जानकारी दिएका छन् ।
जिल्ला आयुक्त ‘किप्पी वारीओबा’ले मोशी शहरमा भएको घटनामा परी ज्यान जानेको सङ्ख्या अझ बढ्ने खतरा रहेको बताउनुभयो । उनका अनुसार घटना शनिबार दिउँसो भएको हो ।
“घटनामा परी कम्तीमा २० जनाको ज्यान गएको छ, अरू केही घाइते भएका छन् । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेकाले ज्यान जानेको सङ्ख्या अझ बढ्न सक्ने देखिएको छ,” उहाँले एएफपीसँग भनेका छन् ।
शनिबारीय साप्ताहिक प्रार्थनाका लागि भेला भएकाहरुको एकाएक भागदौड हुँदा च्यापिएर ज्यान गएको ‘वारीओबा’ले बताएका छन् ।
‘तान्जानिया’का मन्त्रीसमेत रहेका चर्चित पादरी ‘बोनिफाक म्वाम्पोसा’ले प्रार्थनाको नेतृत्व गरेका थिए। उनले आफूलाई ‘ईश्वर दूत’का रुपमा व्याख्या गर्दै पवित्र तेल अगाडी फाले पछी, त्यस तेललाई छुए सबै पाप र रोग जान्छ भन्दै त्यस तेललाई छुन भागदौड मच्चिएको प्रत्यक्षदर्शीहरुले जनाएका छन् ।