न्युजिल्याण्डका पूर्वप्रधानमन्त्री माइक मुरेको आइतबार ७१ वर्षको उमेरमा निधन भएको छ ।
उनी सन् १९९० देखि न्युजिल्याण्डको ३४औँ प्रधानमन्त्री बनेका थिए। उनको आफ्नै निवासमा नि’धन भएको अधिकारीहरुले जनाएका छन् ।
उनको निध’न प्रति प्रधानमन्त्री ‘जसिन्दा एर्डेर्न’ले दुःख व्यक्त गरेका छन्। देशको व्यापारको क्षेत्रमा मुरेको ठूलो योगदान रहेको उनले स्मरण गरेका छन्।
विश्व व्यापार सङ्गठन (डब्लुटिओ) लाई अन्तर्राष्ट्रियस्तरमा अहिलेको अवस्थामा पुर्याउन मुरेले नेतृत्वदायी भूमिका खेलेको पनि उनले उल्लेख गरेका छन्।
‘हरेकले उनलाई न्युजल्याण्डका लागि र न्युजिल्याण्डलाई विश्वसँग जोड्नका लागि जन्मनु भएको थियो भन्ने गरेका छन्’, प्रधानमन्त्री जसिन्दाले बताएका छन्।
उनी सन् १९९९ मा डब्लुटिओको महानिर्देशकमा नियुक्त भएका थिए।