‘बिग बोस’ बाट खुल्यो चम्कियो शहनाजको भाग्य, गर्दैछिन यति ठुलो प्रोजेक्ट!

भारतीय रियालीटी शो ‘बिग  बोस’  बाट निस्किएका धेरै प्रतियोगीहरुको  भाग्य परिवर्तन  भएको छ । लोकप्रियता  बढ्नुका साथै फिल्म  र रियालिटी शोको अफर आउँछ  । केहि दिन अगाडी आसिम रियाजलाई फिल्मबाट अफर मिलेको खबर आएको  थियो ।
अब फेरी  चर्चा छ कि घरको सबैभन्दा धेरै मनोरन्जनकर्ता शहनाज गिललाई ठुलो प्रोजेक्ट हात परेको छ । ‘पंजाबको कट्रिना  कैफ’  को नामले चर्चित  शहनाजको फ्यान  फ्लोइंगको संख्या पनि धेरै छ । उनले आफ्नो चुलबुलेपनाले सबैको मन जितेकी छन् । अहिलेसम्म  पंजाबी फिल्म इंडस्ट्रीमा काम गरेकी  शहनाज  हिन्दी  फिल्म  र टिभी इंडस्ट्रीमा  डेब्यू  गर्न सक्छिन् । बिग बोसको  घरमा उनले धेरै पटक भनेकी छन् कि यदि उनले मुम्बईमा काम पाईन् भने उनी  मोहालीबाट  मुम्बई शिफ्ट हुनेछिन् ।
मिडिया रिपोर्ट्स अनुसार  शहनाज बिग बोसपछि नयाँ रियालिटी शोमा देखिनेछिन् । वेबसाइट अनुसार नयाँ  रियालिटी शोमा शहनाज बिहेको तयारी गर्दै गरेको देख्नेछौ । राखी सावंत, राहुल महाजन र रतन सिंह राजपूत जस्तै उनि पनि आफ्नो बेहुला खोज्नेछिन्  । शहनाजको नयाँ शोको नाम   ‘शहनाज गिल की शादी’ रहेको छ । बिग  बोसमा अहिलेसम्म शहनाज र सिद्धार्थ शुक्ला  बीच राम्रो सम्बन्ध देख्न सक्छौ । शोको सुरुवातमा  पारस छाबडालाई लिएर शहनाजको सफ्ट कर्नर देखिएको थियो  तर पारसको  माहिरासँगको मित्रताको कारण शहनाज टाढा भईन् । अघिल्लो  पटक  एपिसोडमा सलमानले  सिद्धार्थ शुक्लालाई चेतावनी दिएका थिए शहनाजले उनलाई मन पराउन थालेकी छन् । बिग बोसमा अहिले शहनाजको  कनेक्शन बनेर उनको भाई  शाहबाज पुगेका छन् । शोमा क्याप्टेंसी टास्क भईरहेको छ । शहनाज सिद्धार्थको टीममा रहेकी छन्  । बिग बोसमा  शहनाज टप ३ सम्म पुग्न सक्छिन् ।
प्रकाशित : सोमबार, माघ २०, २०७६०६:३८

चर्चीत अभिनेता ऋषि अचानक अस्पताल भर्ना, पुगिन अलिया पनि!