चर्चीत अभिनेता ऋषि अचानक अस्पताल भर्ना, पुगिन अलिया पनि!

काठमाडौँ, माघ २०। बलिउडका चर्चीत अभिनेता ऋषि कपुर अस्पताल भर्ना भएका छन् । केही महिना अगाडि अमेरिकाबाट क्यान्सरको उपचार गरि फर्केका ऋषि कपुर  आइतबार अचानक अस्पताल भर्ना भएका हुन् । मुम्बईको एक पार्टीमा पुगेका उनि अचानक बिरामी भएपछि उनलाई दिल्लीस्थित एक अस्पतालमा भर्ना गरि उपचार गरिरहेको छ।

ॠषीकी पत्नी नितू सिंह, छोरा रणवीर कपुर र आलिया भट्ट पनि उनीसंग अस्पताल पुगेका थिए । भारतीय मिडियाका अनुसार ऋषि कपुरको स्वास्थ अवस्था फेरी बिग्रिएको  छ ।

दिल्लीको वायु प्रदूषणले ऋषि कपुरको स्वास्थ्यमा असर गरेको बताइएको छ। अहिले उनको स्वास्थ्य अवस्था कस्तो छ त्यसबारे केहि खबर बाहिरिएको छैन ।

प्रकाशित : सोमबार, माघ २०, २०७६०७:०८

‘नमस्कार नेपाल’ भन्दै बार्सिलोना क्लबले शेयर गर्यो प्रियंकाको फोटो र भिडियो!