‘नमस्कार नेपाल’ भन्दै बार्सिलोना क्लबले शेयर गर्यो प्रियंकाको फोटो र भिडियो!

काठमाडौँ, माघ २० । अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराज जोशी गत शुक्रबार स्पेन पुगेका थिए । उनि त्यहाँ बार्सिलोनाको खेल हेर्न पुगेकी हुन् ।

बार्सिलोनाको खेल हेर्न गएराति प्रेमी आयुष्मानसंगै क्याम्प नाओ पुगेकी नायिका कार्कीको तस्वीर र भिडियो बार्सिलोना फूटबल क्लबले आफ्नो आधिकारिक फेसबूक पेजमा शेयर गरेको छ । ‘हामी नेपाललाई माया गर्छौ’, ‘नमस्कार नेपाल’ भन्दै प्रियंकाको २  तस्विर र भिडियो बार्सिलोना फूटबल क्लबको फेसबूक पेजमा शेयर गरिएको हो।

तस्विरमा उनि निकै खुसि मुडमा देखिएकी छिन्। साथै सार्वजनिक भिडियोमा उनले यो अवसर जिन्दगीभर बिर्सन नसक्ने बताएकी छिन् । उनि भन्छिन, ‘क्याम्प नाओ टु बाट,  म यो भन्न चाहन्छु कि नेपालमा  बस्नुहुनेहरु धेरै जना यहा आउन चाहनुहुन्थ्यो होला तर म सबैको लागि यो सपना बचिरहेको छु। र यति रमाइलो भैरहेको छ। यो यस्तो अवसर र मौका हो जुन म जिन्दगीभर बिर्सन सक्दिन। मायाको लागि धन्यवाद।”

लेभान्ते विरुद्ध भएको उक्त खेलमा बार्सिलोना २-१ ले विजयी भएको थियो ।

प्रकाशित : सोमबार, माघ २०, २०७६११:२७

राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षकबाट पटवालले दिए राजिनामा !