राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षकबाट पटवालले दिए राजिनामा !

काठमाडौं – भारतीय उमेश पटवालले राष्ट्रिय क्रिकेट टोली प्रशिक्षक पदबाट राजिनामा दिएका छन् । यसै साता सुरु अमेरिका र ओमानसँग त्रिकोणात्मक सिरिज पछि लागु हुने गरि पटवालले राजिनामा दिइएको श्रोतले जनाएको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) र राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले पटवाललाई गत वर्ष राष्ट्रिय टोलीको प्रशिक्षक नियुक्त गरेको थियो । उनको सम्झौता अवधि एक वर्ष भएपछि उनले अगाडि नै राजीनामा दिएका छन् ।

श्रोतका अनुसार पटुवालले दुई साता अघि नै आइसिसीलाई राजिनामा दिएको बुझिएको छ । पटवालको राजिनामाका विषयमा नेपाल क्रिकेट संघ (क्यान) ले केहि बोलेको छैन । आइसिसीले पटवालको पारिश्रमिक राखेपमार्फत उपलब्ध गराउने सहमति भएको बताइएको छ । तर, पछिल्लो ४ महिनादेखि भने उनले पारिश्रमिक नपाएको श्रोतले बतायो ।

उनको प्रशिक्षणमा नेपाली टोलीले सन्तोषजनक प्रदर्शन भने गर्न सकेको छैन । सिंगापुरमा टि ट्वान्टी विश्वकप छनोटको क्षेत्रिय छनोटबाटै बाहिरिदै नेपालले लज्जास्पदक प्रदर्शन गरेको थियो ।

त्यस्तै ओमानमा भएको पाँच राष्ट्र सम्मिलित सिरिजमा पनि नेपालको प्रदर्शन बिर्सन लायक थियो । दुई महिना अघि स्वदेशमा भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपाली टोलीले कास्य पदक जितेको थियो ।

प्रकाशित : सोमबार, माघ २०, २०७६१२:४५

स्किल देखाउँदा नेयमारलाई पहेंलो कार्ड! [भिडियो सहित]