आज सुनचाँदीको मुल्य स्थिर, यस्तो छ भाउ!

काठमाडौँ, माघ २० । निकै उतारचढावका बीच कारोबार हुँदै आएको पहेँलो धातुको मूल्य स्थानीय बजारमा माघ यता उच्च बिन्दुमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मुल्य स्थिर रहेको छ । आज छापावाला सुनको मूल्य प्रतितोला रु ७६ हजार ५ सय  र तेजाबी सुनको मूल्य प्रतितोला रु ७६ हजार २ सय रहेको  छ ।

स्थानीय बजारमा आइतबार  सुनको मूल्य प्रतितोला रु ५  सयले बढेको थियो । गत आइतबार पनि छापावाला सुनको  ७६ हजार ५ सय र तेजावी सुनको मुल्य ७६ हजार २  सय रुपैयामा कारोबार भइरहेको थियो ।

त्यस्तै आज  चाँदीको मूल्यमा प्रतितोला रु ५  ले गिरावट आएको छ । नेपाली बजारमा चाँदीको मूल्य प्रतितोला रु ८ सय ९० पुगेको छ ।

खपत ओरालो
पछिल्लो समय विश्व बजारमा देखिएको व्यापार द्वन्द्वका कारण सुनको मूल्यमा भारी वृद्धि हुन थालेको हो । अमेरिका–चीन व्यापार युद्ध, अमेरिका–इरान तनाव केही मत्थर भए पनि निष्कर्षमा पुग्न नसक्दा अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यवृद्धि भएको व्यवसायीको भनाइ छ ।

सुनको मूल्य लगातार उकालो लागेसँगै स्थानीय बजारमा सुनको खपत ओरालो लाग्न थालेको छ । महासङ्घका अनुसार पछिल्लो समय सुनको व्यापार ७५ प्रतिशत हाराहारीमा खुम्चिएको छ । सामान्यतः दैनिक करिब २५ देखि ३० किलो सुन खपत हुँदै आएको नेपाली बजारमा अहिले मुस्किलले १० किलो सुन पनि बिक्री हुन नसकेको महासङ्घले जनाएको छ ।

प्रकाशित : सोमबार, माघ २०, २०७६०५:४१

आज मंगलबार घट्यो सुनचाँदीको भाउ!