एजेन्सी – आइतबार राति स्पेनिस ला लिगामा बार्सिलोनाले लेभान्तेलाई २-१ ले पराजित गर्यो। बार्सिलोनाका लागि दुवै गोल युवा फरर्वाड अन्सु फातीले गरेका थिए।
पहिलो हाफको ३० औं मिनेटमा कप्तान मेस्सीले एकै पटक लेभान्तेका ७ डिफेन्डर बिट गरेर दिएको पासलाई फातीले एक डिफेन्डर काट्दै गरेको प्रहार गोलमा परिणत गरेका थिए।
त्यसको दुई मिनेट बित्न नपाउँदै मेस्सीकै पासमा फातीले गोल गरे। उनले मेस्सीले पेनाल्टी क्षेत्रको दायाँ भागमा दिएको पासमा फातीले गोल गरे । फाती र मेस्सी जम्दा बार्सिलोना विजयी भयो।
लेभान्ते विरुद्ध फातीले गरेको प्रदर्शन हाल सम्मकै उनको व्यक्तिगत उत्कृष्ट प्रदर्शन हुन पुग्यो। दुई गोल गरेसँगै फाती ला-लिगाको एकै खेलमा दुई गोल गर्ने सबै भन्दा कान्छा खेलाडी बनेका छन्।
फाती १७ वर्ष ३ महिना उमेरका छन्। ला-लिगामा सबै भन्दा कम उमेरका एकै खेलमा दोहोरो गोल गर्ने खेलाडीको रेकर्ड अब फातीको नाममा हुनेछ।
फातीलाई बार्सिलोनाका भविष्यको रुपमा हेरिएको छ। केहिले मेस्सीको सन्यास पछि बार्सिलोना सम्हाल्ने व्यक्तिको रुपमा पनि फातीलाई विश्लेषण गर्ने गरेका छन्।
“मलाई फाती धेरै मन पर्छ। एक उत्कृष्ट खेलाडीमा हुन पर्ने गुण उसमा छ। बिस्तारै उसको खेल सुध्रिरहेको छ। उसलाई मद्दत गर्न म धेरै इच्छुक पनि छु।”,फाती बारे मेस्सी भन्छन्। मेस्सीका अनुसार लगातार सुध्रिएको खेल प्रदर्शन गर्ने क्षमता फातीमा छ।
फातीले बार्सिलोनाक लागि १८ खेल खेल छन्। क्रमिक रुपमा सुधारिएको खेल प्रदर्शन गर्दै उनी सिनियर टोलिमा ठाउँ बनाइरहेका छन्। आउने समयमा उनी सिनियर टोलिको महत्वपूर्ण खेलाडी हुन सक्ने अनुमान धेरैको छ।