भोलि माघ २१ गते मंगलबार, कस्तो रहला तपाईको दिन ? हेर्नुहोस् दैनिक राशिफल !

मेष – चु,चे,चो,ला,लि,लु,ले,लो,अ  (Aries )

 घर तथा परिवारको कार्य गर्ने  समयमा तपाईले समाधान व्यवहार गर्नुपर्नेछ । बोलि र चरित्रको ध्यान दिनुहोला । वाद  -विवाद वा  मनमुटाव हुन् सक्छ । समयानुसार भोजन पनि मिल्नेछ  । आर्थिक विषयमा  सावधानी अपनाउनु होला ।

वृष – इ,उ,ए ,ओ,वा,वि,वु,वे,वो (Taurus)

तपाई आर्थिक जिम्मेदारि प्रति ध्यान दिनुहोला । आर्थिक लाभ होला । मनमा  उत्साह तथा विचारको स्थिरताको कारण सबै  सभी कार्य राम्रोसँग पूरा गर्नुहुनेछ। मनोरंजन, सौंदर्य-प्रसाधन, आभूषण आदिमा खर्च हुनेछ । परिवारसँग आनन्दपुर्वक समय बिताउनुहुनेछ ।

मिथुन – का,कि,कु,घ,ङ,छ,के,को,ह (Gemini )

 

बोलि र चरित्रको कारण भ्रान्ति  खडा होला त्यस कुराको ध्यान राख्नुहोला । आवेश र उग्रताको  कारण झगडा हुन् सक्छ यस कुराको ध्यान राख्नुहुनेछ । स्वास्थ्य खराब होला ।  परिवारसँग झगडा हुनेछ । आय भन्दा धेरै खर्च हुनेछ ।

कर्कट – हि,हु,हे,हो ,डा,डि,डु,डे,डो (Cancer)रहनेछ 

तपाईको लागि दिन लाभकारी रहेको छ । पेसा र व्यापारमा लाभ हुनेछ । मित्रसँग आनन्दपुर्वक समय  बित्नेछ । आयको  साधनमा  वृद्धि हुनेछ । आकस्मिक धन लाभ हुनेछ । आर्थिक योजना पनि  सफलतापूर्वक सम्पन्न गर्नुहुनेछ ।

सिंह – म,मि,मु,मे,मो,ट,टि,टु,टे  (Leo )

तपाईको कार्यक्षेत्रमा प्रभाव पर्नेछ । उच्च अधिकारि तपाईको कार्य  सकारात्मक असर हुनाले  प्रसन्न रहनुहुनेछ । तपाई आफ्नो  कार्य दृढ मनोबल र पूर्ण आत्मविश्वासले सम्पन्न गर्नुहुनेछ । ।

कन्या – टो  ,प,पी,पु,ष,ण,ठ,पे,पो  (Virgo)

तपाईको दिन प्रतिकूलताले भरिपूर्ण रहनेछ । मन चिन्ताको करण निराश रहनेछ । शारीरिकरुपले  उर्जाको अभाव रहनाले थकान र  अशक्तिको अनुभव हुनेछ । पेसा वा व्यवसायिक स्थलमा सहकर्मचारी र उच्च अधिकारीको व्यवहार नकारात्मक रहनेछ  ।

तुला – रा,री,रु,रे,रो,त,ति,तु,ते  (Libra)

कसैसँग वादविवाद वा झगडामा नपर्नुहोला। क्रोध नगर्नुहोला । बोलि र चरित्रमा ध्यान राख्नुहोला । आकस्मिक धनलाभ  होला  । गूढ विद्या  प्रति तपाई  आकर्षित हुनेछ र आध्यात्मिक चिन्ताद्वारा मानसिक शान्ति प्राप्त गर्नुहुनेछ।

वृश्चिक – तो,ना,नि ,नु,ने,नो,य,यी,यु  (Scorpio)

तपाईको लागि मनोरंजनको दिन रहेको छ । मित्रसँग पार्टी वा पिकनिकमा जानुहुनेछ । वस्त्राभूषण, वाहन तथा भोजनले  सुख प्राप्त हुनेछ । तपाईको  मान-प्रतिष्ठा  वृद्धि हुनेछ ।

धनु – ये,यो,भ,भि,भु,ध,फ,ढ,भे  (Sagittarius)

तपाईको दिन तपाईको लागि निकै अनुकुल रहेको छ । घरको  वातावरण आनन्ददायक रहनेछ । शारीरिकरूपले  स्वस्थता र मानसिकरुपले प्रफुल्लितताको अनुभव गर्नुहुनेछ ।  प्रतिस्पर्धामा  विजय प्राप्त हुनेछ ।

मकर – (भो,ज,जी,जु,जे,जो,ख,खि,खु, खे,खो,ग,गी  (Capricorn )

तपाईको  दिन शारीरिकरुपले  आलस्य, थकान, अशक्ति रहनको कारण  अस्वस्थताको  अनुभव गर्नुहुनेछ । मानसिकरुपले तपाईलाई चिन्ताले सताउनेछ । व्यावसायिक क्षेत्रमा  भाग्यको सहयोग मिल्नेछैन ।

कुम्भ – गु,गे,गो,स,सी,सु,से,सो,द  ( Aquarius)

अधिक भावुक्ताको  कारण मनमा अस्वस्थताको  अनुभव  हुनेछ । सामाजिक रुपबाट  सम्मानको भंग नहोस यसको ध्इयान राख्नुहोला। घर र सम्पत्तिसँग सम्बन्धित कार्यमा सम्हाल्नुहोला । विद्याप्राप्तिको  लागि अनुकुल दिन रहेको छ ।

मीन – दी,दु,थ,झ,ञ,दे,दो,च,ची  (Pisces )

सिर्जनात्मकता शक्तिमा  वृद्धि हुनेछ । विचारमा  स्थिरता तथा मनमा  दृढता रहनाले आफ्नो कार्य निकै राम्रोसँग गर्नुहुनेछ ।   सामाजिकरुपबाट  मान-सम्मान  प्रतिष्ठा  वृद्धि हुनेछ ।
प्रकाशित : सोमबार, माघ २०, २०७६१३:०६

भोलि माघ २२ गते बुधबार, कस्तो रहला तपाईको दिन ? हेर्नुहोस् दैनिक राशिफल !