ज्योतिषशास्त्रका अनुसार कुण्डलीमा हुने ग्रहको प्रभाव अनुसार शुभ र अशुभ फल मिल्ने गर्छ। शुभ र अशुभ घटनाहरूको सम्बन्ध प्रत्यक्ष रूपमा ९ ग्रहहरूसँग सम्बन्धित हुने ज्योतिषशास्त्रको दावी छ।
कुण्डलीमा ग्रहहरुको शुभ प्रभाव भए शुभ फल मिल्ने र अशुभ प्रभाव भए अशुभ फल मिल्ने बताइन्छ। मानिसहरुलाई रोग लाग्ने विषयमा पनि ग्रहहरु भूमिका रहने ज्योतिषहरु बताउँछन्। ज्योतिषशास्त्रमा ग्रहहरुको खराब प्रभाव अनुसार लाग्ने रोग बारे वर्णन गरिएको पाइन्छ।
राशिहरुमा ग्रहहरुको फरक-फरक प्रभाव रहने हुँदा राशि अनुसार लाग्ने रोग बारे अनुमान गर्न सकिने ज्योतिषीहरु बताउँछन्। ज्योतिषीहरुका अनुसार राशि अनुसार निम्न रोग लाग्ने सम्भावना रहन्छ।
मेष राशि:
मेष राशि हुनेहरुलाई मुख्यतः टाउको तथा मुख सम्बन्धि स्वास्थ्य समस्या हुन सक्छ। नेत्ररोग, मुख रोग, टाउको दुख्ने, मानसिक तनाव तथा अनिद्रा जस्ता स्वास्थ्य समस्या मेष राशि हुनेहरुमा हुन सक्छन्
वृष राशि:
वृष राशि हुनेहरुलाई घाँटी र श्वासनली सम्बन्धि रोगहरु लाग्न सक्छन्। यस्तै आँखा, नाक सम्बन्धि रोगले पनि वृष राशि हुनेहरुलाई सताउन सक्छ।
मिथुन राशि:
मिथुन राशि हुनेहरुलाई विशेष गरेर रगत सम्बन्धि समस्याले सताउन सक्ने सम्भावना रहन्छ। यस्तै श्वास तथा फोक्सो सम्बन्धि रोगको पनि मिथुन राशि हुनेहरु शिकार हुन सक्छन्।
कर्कट राशि:
कर्कट राशिहुनेहरुमा हृदयरोगको सम्भावना प्रवल रहन्छ। रक्तविकार जस्ता रोगका पनि कर्कट राशिहरु शिकार हुन सक्छन्।
सिंह राशि:
सिंह राशि हुनेहरुलाई धेरैजस्तो पाचन सम्बन्धि रोगहरुले सताउन सक्छ। ग्यास्ट्रिक तथा वायु विकार सँग-सँगै मुख सम्बन्धि समस्याहरुले पनि सताउन सक्ने सम्भावना रहन्छ।
कन्या राशि:
कन्या राशि हुनेहरुलाई अपच जस्ता पाचन समस्याहरु हुन सक्छ। आमाशयको विकार, मुटु दुख्ने तथा हाड-जोर्नी जस्ता समस्याले पनि कन्या राशि हुनेहरुलाई सताउन सक्छ।
तुला राशि:
तुला राशि हुनेहरुलाई मूत्राशयको रोग लाग्न सक्ने प्रवल सम्भावना हुन्छ। मधुमेह रोगले पनि तुला राशि हुनेहरुलाई सताउन सक्छ।
वृश्चिक राशि:
यस राशि हुनेहरुलाई संसर्गजन्य रोगहरु लाग्न सक्छ। पायल्स र फिस्टुला जस्ता गुप्त रोगहरुले पनि वृश्चिक राशि हुनेहरुलाई सताउन सक्छ।
धनु राशि:
धनु राशि हुनेहरुलाई विशेष गरेर हाड-जोर्नी सम्बन्धि समस्याले सताउन सक्छ। कलेजो र रक्तदोष सम्बन्धि समस्याले पनि धनु राशि हुनेहरुलाई सताउन सक्ने सम्भावना रहन्छ।
मकर राशि:
मकर राशि हुनेहरुलाई चिसोले छिट्टै समाउने हुन्छ। यसको अलावा चर्म रोग, बाथ रोग, उच्च रक्तचाप जस्ता समस्याले पनि मकर राशि हुनेहरुलाई सताउन सक्छ।
कुम्भ राशि:
पेट फुल्ने, पेट दुख्ने जस्ता समस्याले कुम्भ राशि हुनेहरुलाई बढी सताउन सक्छ। कुम्भ राशि हुनेहरुलाई ऐंठनले पनि सताउन सक्ने सम्भावना रहन्छ। कुम्भ राशि हुनेहरुमा मानसिक रोगको पनि सम्भावना हुन्छ।
मीन राशि:
मीन राशि हुनेहरु चर्मरोग एवं रक्तविकार जस्ता रोगका शिकार हुन सक्छन्। बाथरोग, हाड-जोर्नी सम्बन्धि रोग तथा एलर्जी जस्ता रोगहरुले पनि मीन राशि हुनेहरुलाई सताउन सक्छ।