काठमाडौँ, माघ २१ । नेपाली सिनेमा इन्डस्ट्री तथा दर्शकको माझ सदाबहार अभिनेत्रीको रुपमा बस्न सफल करिश्मा मानन्धरको आज जन्मदिन परेको छ । १९७२ फेब्रुअरी ४ तारिखका दिन जन्मिएकी करिश्मा ४८ वर्षकी भएकी छिन् ।
१६ वर्षको उमेरबाटै नेपाली चलचित्रमा डेब्यु गरेकी नायिका करिश्मा अझै पनि उत्तिकै सक्रिय र व्यस्त छिन् । उनले चलचित्र ‘सन्तान’ बाट अभिनय यात्रा सुरु गरेकी थिइन् ।
नायिका करिश्माले अभिनय गरेका दर्जन भन्दा बढी चलचित्रले बक्स अफिसमा तहल्का मच्चाएका छन् । एक समय आफ्नो करियरको उचाइमा पुगेकी उनी केही वर्ष विदेश पलायन भएकी थिइन् । तर फेरी उनि नेपाल फर्किईन । केही समय अगाडी राजनीतिमा समेत प्रवेश गरेकी उनी यति बेला आफ्नो अध्ययन र चलचित्र निर्माणमा व्यस्त छिन् ।
उनले चलचित्र ‘सन्तान’ पछि ‘भाउजू’, ‘रणभूमि’, ‘मायालु’, ‘बसन्ती’, ‘ढुकढुकी’, ‘पन्छी’,’बाबुसाहेब’, ‘ट्रक ड्राइभर’ लगायत थुप्रै चलचित्रमा अभिनय गरेकी छिन् ।