‘भूल भुलैया’को मन्जुलिका बनिन् उर्वशी रौतेला, देखिइन् यस्तो अवतारमा [हेर्नुहोस् तस्बिर]

यी दिन बलिउड अभिनेत्री उर्वशी रौतेला आफ्ना तस्वीरहरुका कारण निकै चर्चामा छिन्। यी तस्वीरहरुमा उर्वशी निकै भिन्न देखिएकी छिन् । यी तस्वीरहरुमा उर्वशी, डरलाग्दो चलचित्रकी अभिनेत्री जस्तो देखिएकी छिन्।

रुपको कुरा गर्दा, उर्वशीले बैजनी रङ्गको साडी लगाएकी छिन्। उनी घाटीमा माला, टीका र केही गहनासहित देखा परेकी छिन्। तस्विरमा उनको कपाल छरिएको छ र अभिनेत्रीले निधारमा सिन्दुर पनि लगाएकी छिन्।

उर्वशीको यो रुप हेरेपछि, प्रशंसकहरुले चलचित्र ‘भूल भुलैया’ को मन्जुलिकालाई याद गरेका छन्। तपाईहरुलाई थाहा नहुन सक्छ, तर भूल भुलैयाको दोश्रो भागमा ‘कार्तिक आर्यन’ले काम गरेका छन्।

यद्यपि, अहिलेसम्म उर्वशी फिल्ममा सम्मिलित हुने घोषणा भने गरिएको छैन। तर यो एक गोप्य रुपमा राखिएको कुरा पनि हुनसक्ने सम्भावना रहेको छ। उर्वशीकी यी तस्वीरहरुलाई प्रशंसकहरुले निकै मन पराएका छन्।

कामको बारेमा कुरा गर्दा, अन्तिम पटक उर्वशी चलचित्र ‘पागलपन्ती’ मा देखिएकी थिइन्। यो एक हास्य चलचित्र थियो। यस चलचित्रमा कृति खरबन्दा, पुलकित सम्राट, जोन अब्राहम, अनिल कपूर लगायत धेरै कलाकारहरुले अभिनय गरेका थिए।

प्रकाशित : मङ्गलबार, माघ २१, २०७६०९:४९

सागर ‘बले’ र मन्जिलको प्रेममा प्रिज्मा-प्रिन्सी, अर्को बर्ष बिहे गर्दै? तस्विर!