सागर ‘बले’ र मन्जिलको प्रेममा प्रिज्मा-प्रिन्सी, अर्को बर्ष बिहे गर्दै? तस्विर!

काठमाडौँ, माघ २२ । पछिल्लो केहि समययता चर्चित हास्यकलाकार सागर लम्साल क्षेत्री ‘बले’ प्रेममा  रहेको खबर बाहिरिएको छ । बुझिएअनुसार लम्साल  टिकटकमा राम्रो फलोअर्स  कमाएकी प्रिज्मा खतिवडासंग प्रेममा रहेका छन् । त्यस्तै प्रिज्माकी बहिनि प्रिन्सी खतिवडा पनि टिकटकबाट उदाएर म्युजिक भिडियोमा सफलता हासिल गर्दै आएका मन्जिल बस्नेतको प्रेममा रहेकी छिन् ।

प्रिज्मा र प्रिन्सी खतिवडा जुम्ल्याहा दिदिबहिनी हुन्। यी चारै जनाले ‘रनभुल’नामक एक म्युजिक भिडियोमा एकसाथ अभिनय पनि गरिसकेका छन् ।

प्रिन्सी खतिवडा र मन्जिल बस्नेत।

प्रिज्माले सागर लम्साल  ‘बले’ फिचर्ड हरेक गीतको टिकटक भिडियो बनाउँदै आएकी थिइन् । भने प्रिन्सीले माघ २० गते मन्जिल बस्नेतसंगको एक तस्विर शेयर गर्दै कोहि मान्छे आफ्नो मुटुको नजिक रहेको भन्दै क्याप्शन लेखेकी  थिइन्। यतिबेला सागर लम्साल सहित चारैजनालाई सामाजिक संजालमा बधाईको ओइरो लागेको छ ।

एक विश्वस्त श्रोतका अनुसार सागर ‘बले’ र प्रिज्माले आगामी वर्ष अर्थात २०७७ मा बिवाह गर्दैछन् । बुझिएअनुसार केहि समयदेखी प्रेममा रहेका उनिहरुको घरपरिवारमा समेत कुराकानी भईसकेको छ । सागर लम्साल हाल ‘सक्किगो नी’ नामक हाँस्य टेलिश्रृंखलामा अभिनय गरिरहेका छन् ,उनले  दर्जनौँ म्यूजिक भिडियोमा अभिनय गरेका छन् ।

प्रकाशित : बुधबार, माघ २२, २०७६०६:५०

चीनमा रोकियो हलिउड फिल्म ‘जोजो र्याबिट’ को प्रिमियर!