पागलखानामा जीवन गुजार्न बाध्य छन यी सुपरस्टार अभिनेता!

एजेन्सी, ‘तेरी मेहरनबानियां’, ‘बसेरा’, ‘बुलंदी’ ‘कर्ज’, ‘घर हो तो ऐसा’  जस्ता फिल्ममा काम गरिसकेका  राज किरणको  आज जन्मदिन हो । तर राज अघिल्लो १० वर्षदेखि बेपता रहेको बताईएको छ । धेरै मानिसका अनुसार  मरिसकेका छन् ।

फिल्म अर्थको यो गीत  ‘तुम इतना जो मुस्कुरा रहे हो’ धेरै मान्छेले अहिले पनि गुनगुनाउछन् । तर ७० र ८० को दशकमा पर्दामा छाउने   राजकिरण अहिले कहाँ छन् कसैलाई  थाहा छैन । राज किरणलाई जब आफ्नो परिवारको जरुरत थियो तब कोहि पनि उनको साथमा थिएन । उनको परिवारले उनको साथ छोडीदिए  । केहि रिपोर्टस अनुसार उनी दिमागी रुपले अशक्त मान्छेहरुलाई बनाएको घरमा  बस्छन् । राज किरणको  पूरा नाम राज किरण मेहतानी हो । भारतमा उनको फ्यान उनलाई बेपता रहेको सोच्छन् । उनको बारेमा प्राय कसैलाई जानकारी रहे छैन ।

२०११ सालमा आएको फिल्म ‘कर्ज’ मा  राज किरणसँग काम गरिसकेका  ऋषि कपूर जब राज किरणको  भाई गोविंद मेहतानीलाई भेटेपछि उनलाई थाहा भयो कि राज अघिल्लो १० वर्षदेखि  अमेरिकाको  अटलांटामा एक पागलखानामा भर्ति छन् । उनले बताएअनुसार राज किरणलाई उनको परिवारले धोका दिएका थिए, त्यसैले उनी डि’प्रेशनमा छन् र मानसिक सन्तुलन गुमाएका छन् ।

दिप्ती नवलले उनलाई  अमेरिकामा ट्याक्सी चलाएको देखेकी थिइन् । फिल्मको शूटिंगको लागि अमेरिकामा गएका ऋषि कपूरले राज किरणलाई  अटलांटाको एक मे’न्टल हस्पिटलमा  भेटेका थिए  । राजकिरणको श्रीमती रुपा र छोरी  ऋषिकाको अनुसार  ऋषिको कुरा साँचो हैन ।  ऋषिकाको अनुसार उनको पिता ९ वर्षदेखि बेपता छन्  । उनको खोजि  पुलिस र प्राइभेट डिटेक्टिभले गरिरहेका छन् । राज किरण  टिभीमा अन्तिम पटक  शेखर सुमनको  सीरियल रिपोर्टर १९९४ मा देखिएका थिए । कोहि भन्छन् कि फिल्ममा काम नपाएपछि उनि डिप्रेशनमा गए र उनको परिवारले उनको सम्पति आफ्नो नाममा गरे ।

प्रकाशित : बुधबार, माघ २२, २०७६१०:३४

आफ्नो प्रेमसम्बन्धबारे चौतर्फी हल्ला चलेपछि ‘बले’ ले लेखे यस्तो स्ट्याटस