आफ्नो प्रेमसम्बन्धबारे चौतर्फी हल्ला चलेपछि ‘बले’ ले लेखे यस्तो स्ट्याटस

काठमाडौँ : चर्चित हास्यटेलिश्रृंखला ‘भद्रगोल’ मा बलेको भूमिका निर्वाह गरेर चर्चामा आएका सागर लम्साल क्षेत्रीले पहिलोपटक आफ्नी प्रेमिका सार्वजनिक गरेका छन्। यो वर्ष नेपाली चलचित्र क्षेत्रका चर्चित अभिनेता तथा अभिनेत्रीले प्रेम सम्बन्धको खुलासा र वैवाहिक बन्धनमा बाँधिने घोषणा गरिरहेकै बेला मोडल तथा हाँस्यकलाकार सागरले पनि फेसबुक पोस्टबाट प्रेमिका सार्वजनिक गरेका हुन्।

आफ्नो प्रेमसम्बन्धको चौतर्फी हल्लाबीच बलेले हल्लामा घ्यु थप्दै फेसबुक पोस्टमार्फत घुमाउरो पाराले स्वीकारोक्ति दिएका छन्। उनले जुम्ल्याहा दिदी-बहिनीसँग फोटो शेयर गर्दै लेखेका छन् – ‘हामीले यस दुनियाँमा कहिल्यै एक्लो महसुस गर्नुपर्दैन, तर सम्बन्धलाई प्राथमिकतामा राख्ने भन्ने कुरा हाम्रै हातमा हुन्छ।’

उनकी प्रेमिका सोसल मिडिया एप्लिकेसन ‘टिकटक’ को चर्चित कलाकार हुन्। अहिले निकैनै लोकप्रिय बन्दै गइरहेको टिकटकमा ‘ट्वीनी गर्ल’ को नामबाट भाइरल भएकी प्रिज्मा खतिवडासँग सागर गहिरो प्रेममा रहेको सार्वजनिक पोस्टबाट सजिलै अनुमान लगाउन सकिन्छ।

सागरले टिकटकबाट सेलिब्रेटी बनेका जुम्ल्याहा दिदी-बहिनी प्रिज्मा खतिवडा र प्रिन्सी खतिवडासँग ‘रनभुल’ नामको म्युजिक भिडियोमा सँगै काम गरेका थिए। त्यसलगत्तै सागर र प्रिज्मा नजिक भएको हल्ला चलेको थियो।

फिल्म ‘लोफर’ बाट अभिनयमा पदार्पण गरेका उनी हाँस्यटेलिसिरियल भद्रगोल हुँदै सक्किगोनी सम्म आइपुग्दासम्म उनको चर्चा लोभलाग्दो छ। देश र विदेशका स्टेजमा उनको राम्रै डिमान्ड छ। सामाजिक सञ्जालमा यतिबेला बधाई र शुभकामनाको ओइरो लागेको छ। केही वर्ष अघि उनले जापानमा बस्ने केटीसँग आफू प्रेममा रहेको कुरा स्वीकारेका थिए।

प्रकाशित : बुधबार, माघ २२, २०७६१४:३८

यस वर्ष, यी ५ नयाँ अनुहारहरुले बलिउडमा डेब्यू गर्दै, ‘हटनेस्’ले मचाउने छन् तहल्का !