यस वर्ष, यी ५ नयाँ अनुहारहरुले बलिउडमा डेब्यू गर्दै, ‘हटनेस्’ले मचाउने छन् तहल्का !

हरेक वर्ष, बलिउडमा कैयौं नयाँ कलाकार तथा बालकलाकारहरु डेब्यू गर्दै आएका छन् र यस वर्ष पनि कैयौँ नयाँ कलाकारहरुले डेब्यू गर्ने भएका छन्। यी मध्ये केहि कलाकारहरुले भने २०२० को सुरुवातमै डेब्यू गरिसकेका छन्।  आज हामी २०२० मा डेब्यू गर्न गईरहेकी केहि ‘हट एंड बोल्ड’ नयाँ अनुहारहरुका बारेमा चर्चा गर्ने छौ।

अलाईया फर्नीचरवाला

पूजा बेदीकी सुन्दर छोरी अलाईयाले हालसालै रिलीज भएको चलचित्र ‘जवानी जानेमन’बाट बलिउडमा डेब्यू गरेकी छिन्। यस चलचित्रमा सैफ अली खान र तब्बू पनि देखा परेका छन्। यस चलाचित्रबाट अलाईयाले निकै चर्चा कमाएकी छिन्। उनको अभिनयको सबैले प्रसंशा गरेका छन्।

कीर्ति सुरेश

कीर्ति दक्षिण भारतको एक प्रसिद्ध अभिनेत्री हुन् र उनको लाखौं प्रशंसकहरु पनि छन्। २०१८ मा उनलाई एक राष्ट्रीय पुरस्कारबाट पनि सम्मानित गरिएको थियो। त्यसै गरि, अब २०२० मा उनी अजय देवगनसँग चलचित्र ‘मैदान’बाट पहिलो पटक बलिउडमा डेब्यू गर्ने तयारीमा छिन्।

मानुषी छिल्लर:

पूर्व मिस वर्ल्ड मानुषी छिल्लरको डेब्यूलाई लिएर लामो समयदेखि छलफल भइरहेको थियो। तर यस वर्ष, मानुषी, अक्षय कुमारको साथ ‘पृथ्वीराज चौहान’को ‘बायोपिक’मा मुख्य भूमिकामा देखा पर्ने भएकी छिन्।

क्रिस्टल डिसूजा:

वर्षौंसम्म टिभी सीरियलमा राज गरे पछी, क्रिस्टल अब ठुलो पर्दामा डेब्यू गर्न गइरहेकी छिन्। बिग बी र इमरान हाश्मीसँग क्रिस्टल चलचित्र ‘चेहरे’बाट नयाँ सुरुवात गर्न गइरहेकी छिन्।

शालिनी पाण्डे:

दक्षिण भारतको ब्लाकबस्टर चलचित्र ‘अर्जुन रेड्डी’मा ‘प्रीति’को भूमिका निभाएर निकै चर्चा कमाएकी अभिनेत्री, शालिनी पाण्डेले चलचित्र ‘जयेशभाई जोरावर’बाट बलिउडमा डेब्यू गर्ने भएकी छिन्। यस चलाचित्रमा रणवीर सिंह पनि देखा पर्नेछन्।

प्रकाशित : बुधबार, माघ २२, २०७६१४:४५

भयानक दुर्घटनामा परे बादशाह…