भयानक दुर्घटनामा परे बादशाह…

हालै, बलिउडका चर्चित र्यापर ‘बादशाह’को कार दुर्घटना भएको छ। यस खबरले उनका प्रशंसकहरु निकै निराश भएका छन्।

यस  दुर्घटना, पंजाबको लुधियानामा भएको थियो। दुर्घटनामा बादशाहलाई हल्का चोटपटक लागेको छ। श्रोतका अनुसार,  सडकमा अत्यधिक कुहिरोका कारण ३६ वटा सवारी एक साथ दुर्घटना भएको थियो।

यस दुर्घटना पंजाबको सिरहिंदबाट दिल्लीतर्फ जाने नैशनल हाइवेमा भएको थियो। तर खुसीको खबर यो हो कि, यस भयानक दुर्घटनामा पर्दा पनि बादशाहलाई भने त्यस्तो धेरै क्षति भने भएको छैन। खबरका अनुसार, एयरब्यागका कारण उनलाई धेरै क्षति नभएको हो।

बादशाह आफ्नो आगामी चलिचित्रको शूटका लागि पंजाबमा निकै व्यस्त छन्। बादशाहले लामो समय देखि आफ्नो र्यापका कारण लाखौँ व्यक्तिहरुको मन जित्न सफल भइ सकेका छन्। त्यति मात्र नभई, केहि समय अघिदेखि बादशाह चलचित्रहरुमा पनि देखा पर्न थालेका छन्।

अहिलेसम्म बादशाहले लगभग सबै बलिउड कलाकारहरुसंग काम गर्नुका साथै कैयौँ बलिउड कलाकारहरुलाई आफ्नो गीतमा नचाई सकेका छन्।

प्रकाशित : बिहिबार, माघ २३, २०७६०५:३६

सलमान र अक्षयको फिल्मलाई पछी पार्दै अजय देवगनको ‘तान्हाजी’ले बनायो नयाँ रेकर्ड