सलमान र अक्षयको फिल्मलाई पछी पार्दै अजय देवगनको ‘तान्हाजी’ले बनायो नयाँ रेकर्ड

अजय देवगनको हालै रिलीज भएको चलचित्र ‘तान्हाजी:द अनसंग वरियर’ निकै हिट हुनुका साथै यस चलचित्रले नयाँ रेकर्ड पनि बनाएको छ। यस चलचित्रको कमाईले, सलमान खान र अक्षय कुमारको चलचित्रहरुलाई पनि पछि छोडेको छ। चौथो हप्तामा, यस चलचित्रले २५० करोड (भारतीय रुपैया)को अंक पार गरेको छ। यस चलचित्र ‘ओम राउत’को निर्देशनमा बनेको हो।

चलचित्रको सफलताका अनुसार, साल २०१९-२०२०को सर्वाधिक कमाउने चलचित्रहरुको सन्दर्भमा शीर्ष ५ मा पर्न सफल भएको छ। एक रिपोर्टका अनुसार, यस ‘तान्हाजी:द अनसंग वरियर’ चलचित्रले विश्वभरबाट २६ दिनमा नै ३२४ करोड (भारतीय रुपैया) को कमाई गरेका थिए।

यस चलचित्रले भारतबाट मात्रै २९५ करोड कमाएको छ। जबकी विदेशबाट यस चलचित्रले २९ करोड कमाएको छ। अब यस चलचित्र सर्वाधिक कमाउने चलचित्रहरुको सन्दर्भमा चौथो स्थानमा सामेल भएको छ।

सर्वाधिक कमाउने चलचित्रहरुको सूचीको पहिलो स्थानमा टाइगर श्रफ र ऋतिक रोशनको चलचित्र ‘वार’ रहेको छ। त्यसै गरि दोस्रो स्थानमा शाहिद कपूरको चलचित्र ‘कबीर सिंह’ र  तेश्रो स्थानमा विकी कौशलको ‘उरी:द सर्जिकल स्ट्राइक’ रहेको छ।

तर, पहिलो १० सूचीमा ३ चलचित्र अक्षय कुमारको नै परेको छ। सलमान खानको भने मात्र २ चलचित्र पर्न सफल भएको छ। त्यसै गरि हेर्नुहोस् कुन चलचित्रले कति कमायो।

  1. वार : ४४२.४१  करोड (भारतीय रुपैया)
  2. कबीर सिंह : ३७२.४९ करोड
  3. उरी : द सर्जिकल स्ट्राइक : ३३८.३९ करोड
  4. तान्हाजी : द अनसंग वरियर : ३२४ करोड
  5. भारत : ३०८.७०  करोड
  6. गुड न्यूज : ३०४.१२  करोड
  7. हाउसफुल ४ : २९५.८० करोड
  8. मिशन मंगल : २७९.६८  करोड
  9. गली बोय : २३० करोड
  10. दबंग ३ : २१७.८४ करोड
प्रकाशित : शुक्रबार, माघ २४, २०७६०८:११

बलिउडकै सर्वाधिक कमाई गर्ने अभिनेत्री आलियाको कमाई कति ? यस्तो छ उनको खर्च गर्ने योजना !