सेकेन्ड लेफ्टिनेन्टका लागि भर्ना खुल्यो: +२ गरेकालाई पनि मौका ! कति चाहिन्छ उचाई र वजन ? [विज्ञान सहित]

काठमाडौँ – नेपाली सेनाले अधिकृत क्याडेट (सेकेन्ड लेफ्टिनेन्ट) मा दरखास्त आह्वान गरेको छ। बिहिबार गोरखापत्र दैनिकमा एक सूचना प्रकाशित गर्दै नेपाली सेनाले दरखास्त आह्वान गरेको हो।

रिक्त रहेको अधिकृत क्याडेट (सेकेन्ड लेफ्टिनेन्ट)को पदपूर्तिको लागि दरखास्त आह्वान गरिएको नेपाली सेनाले जनाएको छ। जारी सूचना मार्फत १ सय ५० जना सेकेन्ड लेफ्टिनेन्टको लागि दरखास्त आह्वान गरिएको छ।

नेपाली सेनाको भर्ना छनोट निर्देशनालय, कार्यरथी विभाग, जंगी अड्डाका अनुसार समावेशी अनुसार १ सय ५० जना सेकेन्ड लेफ्टिनेन्टका लागि भर्ना खुला गरिएको छ।

दरखास्त दिन न्युनतम योग्यता १२ पास वा सो सरहको हुनुपर्ने सूचनामा उल्लेख गरिएको छ। योग्यता पुगेकाहरुले अनलाइनबाटै फारम भरेर दरखास्त दिन सक्नेछन्।

सेकेन्ड लेफ्टिनेन्टको भर्ना प्रक्रियामा सहभागी हुने पुरुषको उचाई न्युनतम ५ फिट ३ इन्च हुन पर्नेछ भने महिलाको हकमा उचाई न्युनतम५ फिट हुनुपर्नेछ।

यस्तै दरखास्त दिने पुरुषको न्युनतम वजन ५० केजी र महिलाको वजन ४० केजी हुन पर्ने नेपाली सेनाको भर्ना छनोट निर्देशनालय, कार्यरथी विभाग, जंगी अड्डाले जनाएको छ।

प्रकाशित : बिहिबार, माघ २३, २०७६०३:५८

“नितिगत निर्णय गर्ने माधवकुमार नेपाल र सिरानीमुनि लालपुर्जा राख्ने कमरेडलाई मुद्दा खै?”