काठमाडौँ – अख्तियार दुरूपायोग अनुसन्धान आयोगले बालुवाटारको ललितानिवास प्रकरणमा तत्कालीनरूपमा भौतिक योजना मन्त्रालय सम्हालेका विजयकुमार गच्छदार विरुद्ध मुद्दा चलाएको प्रति नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले आपत्ति जनाएका छन्।
नीतिगत निर्णय गर्ने तत्कालीन प्रधानमन्त्री माधव कुमार नेपाल र बालुवाटारको सरकारी जग्गा किन्ने नेकपा महासचिव विष्णु पौडेललाई उन्मुक्ति दिएर गच्छदार विरुद्ध मुद्दा चलाइएको भन्दै शर्माले आपत्ति जनाएका हुन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गरेर भ्रष्टाचार गरेको अभियोगमा गच्छदारसहित १७५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेपछि सामाजिक संजाल ट्वीटर मार्फत प्रतिक्रिया जनाउँदै आपत्ति जनाएका हुन्।
“श्री माधवकुमार नेपालको पालामा नीतिगत निर्णय! एक पूर्वमन्त्री कमरेडको सिरानीमा लालपूर्जा! मुद्दा कसलाई? विजयकुमार गच्छदारलाई?”,उनको प्रश्न छ।
यस्तै शर्माले एनिमल फार्म कितावमा जर्ज अर्बेलले उल्लेख गरेको एक उद्धरण पनि सोहि ट्वीटमा शर्माले राखेका छन्। “सबै जनवारहरु समान हुन् तर केही जनवारहरु अरुभन्दा धेरै समान छन्।”,शर्माले लेखेका छन्।
“श्री माधवकुमार नेपालको पालामा नितिगत निर्णय l एक पुर्व मन्त्री कमरेडको सिरानीमुनि लालपुर्जा l मुद्दा कसलाई ? बिजय गच्छदारलाई !
`एनिमल फार्म´ मा जर्ज अर्बेल भन्छन्-
All animals are equal, but some are more equal than others.” ,शर्माको ट्वीटमा लेखिएको छ।
श्री माधवकुमार नेपालको पालामा नितिगत निर्णय l एक पुर्व मन्त्री कमरेडको सिरानीमुनि लालपुर्जा l मुद्दा कसलाई ? बिजय गच्छदारलाई !
`एनिमल फार्म´ मा जर्ज अर्बेल भन्छन्-
All animals are equal, but some are more equal than others.— Bishwa Prakash शर्मा (@bishwaprakash77) February 5, 2020