भाटभटेनी सञ्चालक गुुरुङविरुद्ध ५० करोडको मुद्दा !

काठमाडौं । भाटभटेनी सुपर मार्केटका सञ्चालक अर्थात् भाटभटेनी डेभलपमेन्ट कम्पनी प्रालिका सञ्चालक मीनबहादुर गुरुङविरुद्ध विशेष अदालतमा भ्रष्टाचारका दुई मुद्दा दर्ता भएका छन् । बालुवाटारको सरकारी जग्गा हिनामिना प्रकरणमा मुछिएका सञ्चालक गुरुङविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५० करोड बिगो दाबी गर्दै भ्रष्टाचारका दुई मुद्दा दायर गरेको हो । यो समाचार आजको सौर्य दैनिकमा प्रकाशित छ।

अख्तियारले दायर गरेका दुई मुद्दामध्ये पहिलोमा ३९ करोड २७ लाख ६७ हजार रुपैयाँ बिगो दाबी गरिएको छ भने अर्कोमा ११ करोड २० लाख रुपैयाँ बिगो दाबी गरेको हो । ३९ करोड २७ लाख ६७ हजार रुपैयाँ विगो दाबी भएको मुद्दामा उनलाई उनी आफैँ जग्गा दलाली गरेको र जग्गा आफैँले पनि प्रयोगमा ल्याएको उल्लेख छ । उनको गोदाम हाउससमेत हाल सोही जग्गामा अवस्थित छ ।

त्यस्तै गरि ११ करोड २० लाख लाख रुपैयाँ विगो दाबी भएको मुद्दामा प्रत्यक्ष हानी पु¥याउने कार्य गरी भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ८ को उपदफा (४) बमोजिम कसूर गरेको आरोप लगाइएको छ । सञ्चालक गुरुङ जग्गा प्रकरणमा सुरुदेखि नै जोडिएर प्रत्यक्षरूपले काम गरेको पाइएको छ । सरकारले ०२१ मंसिर १५ गते क्षतिपूर्तिरमुआब्जा दिएर खरिद गरेको २८४ रोपनीमध्ये ११२ रोपनी ४ आना जग्गा मीनबहादुर गुरुङसहित शोभाकान्त ढकाल र रामप्रसाद सुवेदीलगायतसँगको मिलोमतोमा खरिद गरेका थिए ।

व्यक्तिका नाममा सारिएको बालुवाटारको ११२ मध्ये आधाभन्दा बढी जग्गा गुरुङले लिएका थिए । उनले व्यक्तिगत, संयुक्त, भाटभटेनी सुपरमार्केट र आफन्तका नाममा जग्गा खरिद गरेका थिए । कित्ता नम्बर ७४, १३७, ४१३ का जग्गाहरू गुरुङले आफ्नै नाममा लिएका थिए । गुरुङले भाटभटेनी डेभलपर्स प्रालिका नाममा १० कित्ता जग्गा राखेको देखिन्छ ।

कित्ता नम्बर १०, १२, १४, १७, ५७, ५८, ७९, ८१, ८२ र २८६ को जग्गा अहिले पनि भाटभटेनीको नाममा छ । बाँकी जग्गा छोरो कल्याण लगायतका आफन्तका नाममा राखिएको छ । ०६० चैत २५ गते राज्यले मुआब्जा दिएर अधिग्रहण गरेको जग्गा खरिद गरेपछि सुरु भएको गुरुङको संलग्नता त्यसपछि भने क्रमशः निर्णायक भूमिकामा परिणत हुँदै गएको पूर्वसचिव शारदाप्रसाद त्रिताल समितिको ठहर थियो ।

प्रकाशित : बिहिबार, माघ २३, २०७६०४:०५

बालुवाटार जग्गा प्रकरण: पूर्वप्रधानमन्त्रीद्वयलाई उन्मुक्ति, पौडेल र रेग्मी पनि जोगिए !