“बालुवाटरको जग्गा किनेर लालपूर्जा बोक्दै हिँड्ने व्यक्तिलाई अख्तियारले महान देख्यो”

काठमाडौँ – प्रमुम प्रतिपक्ष नेपाली कांग्रेसका सांसद मीनबहादुर विश्वकर्माले बालुवाटार जग्गा प्रकरणमा अख्तियारले अधिकार दुरुपयोग गरेको आरोप लगाएका छन्।

शुक्रबार प्रतिनिधि सभाको बैठक अवरुद्ध पार्नु अगाडी बोल्दै विश्वकर्माले बालुवाटार जग्गा प्रकरणमा अख्तियारले आफै निर्णय गरेर अधिकार दुरुपयोग गरेको आरोप लगाएका हुन्।

बालुवाटरको जग्गा किनेर लालपूर्जा बोक्नेलाई कारवाही नगरेर भौतिक पूर्वाधार मन्त्रीलाई दोषी भनिएको प्रति उनले प्रश्न गरे। “अख्तियारले आफै निर्णय गरेर आफैँले आफ्नो अधिकार दुरुपयोग गरेको छ। बालुवाटरको जग्गा किनेर लालपूर्जा बोक्दै हिँड्ने व्यक्ति महान हुने तर भौतिक पूर्वाधार मन्त्री चाहिँ दोषी हुने?”,उनको प्रश्न थियो।

सामान्य प्रक्रियाबाट गएको मन्त्रीलाई दोष दिँदा निर्णय गर्ने प्रधानमन्त्री कसरी निर्दोष हुन्छ भन्दै उनले प्रश्न पनि गरे। अख्तियारको निर्णयले दुनियाँ हाँसिरहेको उनको बुझाई छ।

“सामान्य प्रक्रियाबाट गएको मन्त्रीलाई करोडौंको बिगो थोपरेर दोषी बनाउने यो कस्तो तरिका हो? जसले निर्णय गरेको हो उचाहिँ निदोर्ष ठान्ने यो कस्तो न्याया हो? जसले बालुवाटारबाट जग्गा किनेर ४९ लाख ऋण लियो, त्यो पनि निर्दोष हुने? अख्तियारको यो निर्णयले दुनियाँ हाँसिरहेको छ।”,उनले भने।

बालुवाटारको जग्गा प्रकरणमा सरकारले आफ्नालाई बोकेर विरोधीलाई ठोक्ने नीति लिएको उनले आरोप लगाए। अख्तियारले पनि आफ्नालाई बोक्ने, विरोधीलाई ठोक्ने सरकारको नीतिलाई साथ दिएको उनको आरोप छ।

प्रकाशित : शुक्रबार, माघ २४, २०७६०८:४९

अख्तियार प्रमुखलाई गुलाफको फूल दिन नपाइएको प्रति साझाको दुखेसो…[विज्ञप्ति सहित]