मेष – चु,चे,चो,ला,लि,लु,ले,लो,अ (Aries )
तपाईमा भावुकताको मात्रा धेरै हुनेछ । तपाईको स्वाभिमानमा ठेस पर्नेछ । तपाईले ग्लानिको अनुभव गर्नुहुनेछ । भोजन र निन्द्रामा अनियमितता रहनेछ । स्त्री र पानीबाट टाढा रहनुहोला ।
वृष – इ,उ,ए ,ओ,वा,व,वु,वे,वो (Taurus)
तपाईको चिन्ता कम कम हुनाले राहत महसुस हुनेछ ।तपाई निकै संवेदनशील रहनुहुनेछ । साहित्य लेखन तथा कलाक्षेत्रमा तपाईले योगदान गर्नुहुनेछ । परिवारको सदस्य विशेषरूपले आमासँग आत्मीयता बढ्नेछ । छोटो यात्रा हुन सक्छ ।
मिथुन – का,कि,कु,घ,ङ,छ,के,को,ह (Gemini )
निर्धारित कार्य पूरा हुनेछ । आर्थिक योजनाको कारण तपाईको समस्या कम हुनेछ । पेसा वा व्यवसायमा तपाईको सहयोगीको सहयोग मिल्नेछ । मित्र तथा प्रियजनसँगको भेटले खुशी बढ्नेछ । परिवारमा शान्ति र आनन्द प्राप्त हुनेछ ।
कर्कट – हि,हु,हे,हो ,डा,डि,डु,डे,डो (Cancer)रहनेछ
तपाईको साथी परिवार तथा दिन निकै राम्रो रहनेछ । शुभ समाचार मिल्नेछ तथा आर्थिक लाभ पनि हुनेछ । श्रीमतीसँग राम्रो समय बित्नेछ । शारीरिक र मानसिक स्वास्थ्य राम्रो रहनेछ ।
सिंह – म,मि,मु,मे,मो,ट,टि,टु,टे (Leo )
मनमा बेचैनी रहनेछ तथा विभिन्न चिन्ताले सताउनेछ । शारीरिक स्वास्थ्य खराब हुन् सक्छ । आफ्अनो बोलि र व्पयवहारमा ध्यान राख्नुहोला । तपाई निकै भावुक रहनुहुनेछ । खर्चको मात्रा अधिक रहनेछ । स्त्री वर्गबाट बच्नुहोला ।
कन्या – टो ,प,पी,पु,ष,ण,ठ,पे,पो (Virgo)
विविध क्षेत्रमा यश, कीर्ति र लाभ पाउनुहुनेछ ।वृद्द तथा मित्रसँग तपाईको दिन आनन्दमा बित्नेछ । श्रीमती र बच्चासँग आनन्दमय समय बित्नेछ । दाम्पत्यजीवनमा आनन्द प्राप्त हुनेछ । सन्तानको समाचार मिल्नेछ।
तुला – रा,री,रु,रे,रो,त,ति,तु,ते (Libra)
घर र कार्यस्थलमा निकै राम्री वातावरण रहनेछ । स्वास्थ्य राम्रो रहनेछ । कार्यालयमा उच्च पदाधिकारीबाट तपाईको कार्यको चर्चा मिल्नेछ । आमाको तर्फबाट लाभ मिल्नेछ । सरकारी कार्यमा सफलता मिल्नेछ ।
वृश्चिक – तो,ना,नि ,नु,ने,नो,य,यी,यु (Scorpio)
तपाई शारीरिक र मानसिक रुपले थकान र आलस्यको अनुभव गर्नुहुनेछ । यसको प्रभाव व्यवसायिक क्षेत्रमा देख्न पाउनुहुनेछ । सन्तानसँग मतभेद हुनेछ । कुनै पनि महत्त्वपूर्ण निर्णय नलिनुहोला ।
धनु – ये,यो,भ,भि,भु,ध,फ,ढ,भे (Sagittarius)
कुनै पनि नयाँ कम आरम्भ नगर्नुहोला । कफ तथा पेट सम्बन्धि समस्या रहनेछ । शल्यक्रिया जस्ता मामलालाई टाल्नुहोला । तपाई निकै व्यग्र र चिन्तित रहनुहुनेछ । पानीबाट टाढा रहनुहोला । खर्च वृद्धि हुनेछ । बोलि र व्यवहारमा ध्णीयान राख्नुहोला ।
मकर – (भो,ज,जी,जु,जे,जो,ख,खि,खु, खे,खो,ग,गी (Capricorn )
कार्यमा सफलता पाउनको लागि दिन उत्तम रहेको छ । तपाईद्वारा गरिएको कार्यबाट प्रसिद्दी र सफलता मिल्नेछ । परिवारमा सौहार्दपूर्ण वातावरण रहनेछ । तन-मनबाट ताजगी र स्फूर्तिको अनुभव हुनेछ । खर्च वृद्दि हुनेछ ।
मीन – दी,दु,थ,झ,ञ,दे,दो,च,ची (Pisces )
तपाईको कल्पनाशक्तिमा निखार आउनेछ । तपाईको दिन साहित्य सिर्जनको लागि उत्तम रहेको छ। विद्यार्थी विद्यामा राम्रो गर्नेछन् । तपाईको स्वभावमा भावुकता र कामुकता अधिक रहनेछ । मनमा भय रहनेछ । तपाईको लागि अनुकुल दिन रहेको छ ।