प्रचण्डले भने – “प्रधानमन्त्री बन्न मलाई पुगिसक्यो, अब प्रधानमन्त्री नबनेपनि मलाई केहि फरक पर्दैन”

काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूलाई प्रधानमन्त्री बन्न हातारो नरहेको बताएका छन्।

कान्तिपुर कन्क्लेभ अन्तर्गत “प्रचण्डसँग परिसम्वाद” कार्यक्रममा क्रममा प्रचण्डले आफू दुई पटक प्रधानमन्त्री भइसकेको उल्लेख गर्दै प्रधानमन्त्री बन्न हतारो नरहेको बताएका हुन्।

तत्कालिन नेकपा माओवादी तथा नेकपा एमाले एकीकरणका क्रममा प्रधानमन्त्रीमा आलोपालो गर्ने गरी भएको सहमति बारे कुरा गर्दै उनले आफूले नै प्रधानमन्त्री केपी शर्मा ओलीलाई पाँच वर्ष सरकार चलाउन दिने प्रस्ताव गरेको बताए।

“मलाई त तीन वर्ष होइन, देश राम्रोसँग चल्छ भने प्रधानमन्त्री नभएपनि पुग्या छ। मलाई प्रधानमन्त्री चाहिएको छैन।”,प्रचण्डले भने। प्रचण्डले स्थायित्व आफ्नो प्राथमिकता रहेको स्पष्ट पारे।

तत्कालिन नेकपा माओवादी तथा नेकपा एमालेको चुनावी वाम गठवन्धनले बहुमत प्राप्त गरिसकको अवस्थामा अन्य पार्टीहरुले प्रधानमन्त्रीको प्रस्ताव गरेको पनि प्रचण्डले उप्काए।

चुनावी परिणाम आएसँगै पाँचै वर्ष प्रधानमन्त्री बनाउने प्रस्ताव केहि दलबाट आएपनि आफूले नेपाली जनतासँग गरिएका प्रतिवद्धता देखि पछि हट्न नहटेको दावी गरे।

“चुनावको परिणाम आइसकेपछि अन्य कतिपय राजनीतिक दलहरुबाट बहुमत पुर्याइदिने र पाँचै वर्ष प्रधानमन्त्री हुनोस् भन्ने प्रस्ताव नआएको होइन।”,उनले भने,”प्रस्ताव सामान्य र औपचारिक मात्रै थिएन, पाँचै वर्ष प्रधानमन्त्री बनाइदिने हैसियत सहितको थियो। तर, नेपाली जनता र नेपाल राष्टका अगाडी, आफ्नो विचार-सिद्धान्तमा अगाडी त्यसरी प्रधानमन्त्री बन्नुलाई धेरैनै तलको कुरा सम्झिएर मैले अस्विकार गरें।”

प्रकाशित : शनिबार, माघ २५, २०७६१३:०१

जब “भारतको पनि सहमति लिनुपर्छ भनेको के हो?” भन्दै प्रचण्डले प्रश्न गरे…