बलिउड अभिनेता वरुण धवन आफ्नो फिल्म , फिटनेस र डान्सका साथ-साथै बिहेको खबरबाट पनि चर्चामा रहन्छन् । हरेक समय वरुणको प्रेमिका नताशासँग बिहेको कुरा आउँछ । यस्तैमा एक पटक फेरी वरुण र नताशाको बिहेको खबर आएको छ ।
वास्तवमा वरुण धवन र नताशा दलाल यसै वर्ष बिहे बन्धनमा बाधिन लागेका छन् । खबर अनुसार यो जोडी २२ मेमा थाईल्यान्डको एक रिसोर्टमा बिहे गर्दैछन् । यी दुईको बिहेको हल्ला मात्र हो ।
केहि समय पहिले जब वरुणको बिहेको खबर भाइरल भयो तब वरुणले भनेका थिए , ‘यो खबर साँचो हैन । हाम्रो अहिलेसम्म केहि योजना भएको छैन । हामीले यस बारेमा केहि कुरा गरेका नि छैनौ । मेरो बिहेमा मिडियालाई यति नै रुचि छ भने म मिडियालाई आग्रह गर्छु कि मेरो बिहेको खर्च पनि उठाउनुहोस । मेरो बिहेको तारिख मलाई नै थाहा छैन।’
वरुण र नताशा बाल्यकालदेखि नै साथी हुन् । दुवैले लामो समयदेखि नै डेट गरिरहेका छन् । दुवै प्राय पार्टी र इभेन्टमा उपस्थित हुन्छन् । हालै अरमान जैनको बिहेमा एकसाथ रोमान्टिक मुडमा देखिएका थिए । सोशल मीडियामा दुवैको तस्विर र भिडियो भाइरल भएको थियो।