यी हुन् बलिउडका सबैभन्दा लामा ८ चलचित्र ! सबै भन्दा लामो चलचित्र कुन ? [सूची सहित]

हरेक वर्ष बलिउडमा अनगिन्ति चलचित्रहरु रिलिज हुने गर्छन्। ती मध्ये केही निकै लामो हुन्छन् भने केहि छोटो। बलिउडमा केहि चलचित्रहरु त्यस्ता पनि छन्, जसको समय ४ घण्टा भन्दा बढी छ। आज हामी यस्तै बलिउडको लामो अवधि रहेको चलचित्रहरुका बारेमा चर्चा गर्ने छौ।

ग्याङ्ग अफ वस्सेपुर

अनुराग कश्यपको एक्शनले भरिएको चलचित्र ‘ग्याङ्ग अफ वस्सेपुर’को प्रारम्भिक कथा ५ घण्टा १९ मिनेट लामो थियो। तर पछि यसलाई दुई भागमा बाँडिएको थियो। यसको दुबै भागहरु बिभिन्न वर्षमा प्रकाशन गरिएको थियो।

एलओसी (LOC) कारगिल

जेपी दत्ता निर्देशित यस ‘एलओसी कारगिल’ चलचित्र २००३ मा प्रकाशन भएको थियो। यस चलचित्रको अवधि ४ घण्टा १५ मिनेटको थियो। यस चलचित्र, १८ बलिउड कलाकारहरुलाई समावेश गरेर बनाइएको थियो।

मेरा नाम जोकर

राज कपूरको चलचित्र ‘मेरा नाम जोकर’, उनको दोस्रो सबैभन्दा लामो चलचित्र हो। यस चलचित्र पूर्ण रुपमा तयार हुन ६ बर्षको समय लागेको थियो। चलचित्रको प्रारम्भिक कथा ५ घण्टा लामो थियो, तर यसलाई काटेर ४ घण्टा ४ मिनेटको बनाइएको थियो। यस चलचित्रमा अरु चलचित्रहरुको जस्तै १ चोटी मात्र मध्यान्तर नभई २ चोटी राखिएको थियो।

संगम

१९६४ सालमा प्रकाशन भएको सुपरहिट चलचित्र ‘संगम’, राज कपूरले निर्देशित गरेका थिए। चलचित्रमा वैजन्ति माला, राज कपूर र राजेन्द्र कुमारलाई मुख्य भूमिकामा देखिएको थियो। बलिउडका यस रोमान्टिक चलचित्रको अवधि ३ घण्टा ५५ मिनेटको थियो।

जोधा अकबर

ऋतिक रोशन र ऐश्वर्या रायका सुपरहिट चलचित्र ‘जोधा अकबर’को रोचक कथाका कारण यस चलचित्रको अवधि ३ घण्टा ५० मिनेटको थियो। यस चलचित्र निकै लामो हुदा पनि दर्शकहरुले निकै मन पराएका थिए।

लगान

आमिर खानको चलचित्र लगान तेस्रो भारतीय चलचित्र थियो, जुन ‘अस्कर’को लागि नोमिनेट गरिएको थियो। ‘आशुतोष गोवारिकर’ निर्देशित चलचित्र ‘लगान’ ३ घण्टा ४४ मिनेट अवधिको थियो। जसलाई दर्शकहरुले निकै मन पराए।

कभी अलविदा ना कहना

प्रेम कहानीमा आधारित चलचित्र ‘कभी अलविदा ना कहना’ करन जोहरद्वारा निर्देशित गरिएको थियो। यस चलचित्रलाई भारतमा मात्र नभई अन्य देशहरुमा पनि निकै मनपराइएको थियो। यस चलचित्रको अवधि ३ घण्टा ३५ मिनेट रहेको थियो।

सलामे-ए-इश्क

प्रियंका चोपडा र सलमान खानको चलचित्र ‘सलामे-ए-इश्क’मा यी जोडीलाई मानिसहरुले निकै मन पराए। यस चलचित्रको अवधि ३ घण्टा ३६ मिनेटको थियो।

प्रकाशित : सोमबार, माघ २७, २०७६०७:४५

गैंडा र बाख्राको मित्रताको भिडियो सोशल मिडियामा भयो भाइरल, मानिसहरूले गरे प्रशंसा