फेरी बढ्यो सुनको भाउ, तर घट्यो चाँदीको मूल्य । हेर्नुहोस् आजको दर

महासङ्घले आज छापावाला सुनको मूल्य प्रतितोला ७६ हजार रुपैया तोकेको छ र तेजाबी सुनको मूल्य प्रतितोला ७५ हजार ७ सय रुपैया तोकेको छ।  प्रतितोला ७५ हजार २ सय र तेजाबी सुनको मूल्य प्रतितोला रु ७४ हजार ९ सयमा खरिद बिक्री भइ रहेको सुन, आज मूल्य वृद्धि भइ ७६ हजार पुगको हो।

निरन्तर उकालो लाग्दै गएको सुनको मूल्य अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको थियो । सो दिन छापावाला सुनको मूल्य प्रतितोला ७६ हजार ५०० र तेजाबी सुनको मूल्य प्रतितोला ७६ हजार २ सय पुगेको थियो ।

त्यसै गरि,आज चाँदीको मूल्य प्रतितोला ८ सय ८० रुपैयामा खरिद बिक्री भइरहेको महासङ्घले जनाएको छ। पछिल्लो समय अमेरिका र इरानमा देखिएको तनाव र चीन–अमेरिका व्यापार युद्धका कारण सुनको मूल्यमा उतार-चढाव देखिदै आएको छ । र केहि समय देखि महामारी फैलाएको कोरोना भाइरसका कारण पनि सुन तथा चाँदीको मूल्यमा उतार-चढाव ल्याएको देखिन्छ।

महासङ्घका अनुसार पछिल्लो समय सुनको व्यापार ७५ प्रतिशत हाराहारीमा खुम्चिएको छ । सामान्यतः दैनिक करिब २५ देखि ३० किलो सुन खपत हुँदै आएको नेपाली बजारमा अहिले मुस्किलले १० किलो सुन पनि बिक्री हुन नसकेको महासङ्घले जनाएको छ ।

प्रकाशित : आइतबार, माघ २६, २०७६०५:२४

आज सोमबार, यस्तो छ सुनचाँदीको भाउ!