आज सोमबार, यस्तो छ सुनचाँदीको भाउ!

काठमाडौँ, माघ २७। आज सोमबार सुनको मुल्य स्थिर रहेको छ। महासङ्घले आज छापावाला सुनको मूल्य प्रतितोला ७६ हजार रुपैया  र तेजाबी सुनको मूल्य प्रतितोला ७५ हजार ७ सय रुपैया तोकेको छ ।

 आइतबार पनि छापावाला  सुनको मूल्य प्रतितोला ७६ हजार रुपैया  र तेजाबी सुनको मूल्य प्रतितोला ७५ हजार ७ सय रुपैयामा खरिद बिक्री भइरहेको थियो।

त्यसै गरि, आज चाँदीको मूल्य प्रतितोला ८ सय ८० रुपैयामा खरिद बिक्री भइरहेको महासङ्घले जनाएको छ । आइतबार पनि चाँदी सोहि मुल्यमा कारोबार भएको थियो।

पछिल्लो समय अमेरिका र इरानमा देखिएको तनाव र चीन–अमेरिका व्यापार युद्धका कारण सुनको मूल्यमा उतार-चढाव देखिदै आएको छ ।

महासङ्घका अनुसार पछिल्लो समय सुनको व्यापार ७५ प्रतिशत हाराहारीमा खुम्चिएको छ । सामान्यतः दैनिक करिब २५ देखि ३० किलो सुन खपत हुँदै आएको नेपाली बजारमा अहिले मुस्किलले १० किलो सुन पनि बिक्री हुन नसकेको महासङ्घले जनाएको छ ।

प्रकाशित : सोमबार, माघ २७, २०७६०५:५२

घट्यो सुनचाँदीको मुल्य, यस्तो छ आजको भाउ!