फेब्रुअरी १३ मा सूर्यको राशि परिवर्तन: कुन राशिलाई कति लाभ ? हेर्नुहोस् !

१३ फेब्रुअरी २०२० मा, सूर्य, कुम्भ राशिमा प्रवेश गर्नेछ। आउनुहोस्, यस गोचारले  सबै राशिमा कस्तो प्रभाव पार्छ भन्ने बिषयमा चर्चा गरौँ।

मेष राशि:

यस गोचरको प्रभावले मेष राशिको आयमा ठूलो वृद्धि हुनुका साथै लाभका लागि विभिन्न मार्गहरु पनि खुल्नेछ। शासन र प्रशासन दुबैको सहयोग प्राप्त हुने देखिन्छ। कार्यस्थालमा सबैले प्रशंसा गर्नेछन्। व्यापार बिस्तार हुनुका साथै निकै लाभ हुने योग रहेको छ।

वृष राशि:

यस गोचरको प्रभावले वृष राशिका व्यक्तिहरुको अधिकारमा वृद्धि हुने देखिन्छ। मान सम्मान बढ्नुका साथै पदोन्नति र तलबमा पनि वृद्धि हुने पूर्ण योग रहेको छ। सरकारी काम गर्ने व्यक्तिहरुलाई पनि यो गोचर निकै लाभादयक साबित हुनेछ। यात्राको लागि पनि राम्रो योग रहेको देखिन्छ।

मिथुन राशि:

यस गोचरको प्रभावले मिथुन राशिहरुले आदर र सम्मान प्राप्त गर्ने देखिन्छ। समाजमा स्थिति सुधार हुनुका साथै सामाजिक स्थिति पनि उच्च रहनेछ। आत्मविश्वास बढ्नेछ। धन लाभ हुनुका साथै सफलता मिल्ने योग बनेको छ। परिवारको स्वास्थ्यको भने केहि ध्यान दिनु पर्ला।

कर्कट राशि:

यस समयमा पैतृक सम्पत्ति प्राप्त गर्ने योग रहेको छ। आफ्नो र आफ्नो परिवारको स्वास्थ्यमा ध्यान दिनुहोला। केहि नयाँ कामको सुरुवात गर्दा निकै ध्यान दिनु पर्ने देखिन्छ। आफुले बिगतमा गरेका गल्तीका कारण यस समय केहि निन्दाको सामना गर्नुपर्ने योग रहेको हुदा, कसैसंग पनि आफ्नो पुरानो रहस्य नखोल्नु होला।

सिंह राशि:

सूर्य देवको कुम्भ राशिमा गोचरले यस राशिमा निकै सकारात्मक प्रभाव पर्ने देखिन्छ। यसको प्रभाव- स्वास्थ्य, व्यक्तित्व, विवाहित जीवन र अन्य गतिविधिहरुमा पनि पर्नेछ। जसको कारण, पुराना केहि स्वास्थ्य समस्याहरुबाट मुक्ति मिल्नुका साथै उर्जाले भरिएको महसुस गर्नुहुनेछ।

कन्या राशि:

यस समय, अदालतमा सम्बन्धित मुद्दामा राम्रो नतिजा प्राप्त हुने देखिन्छ। केवल आवश्यक कुराहरुमा मात्रै खर्च हुदा आर्थिक स्थिति पनि बलियो रहनेछ। कानून बिरुद्धमा कुनै पनि काम गर्नाले नोक्सान हुने योग रहेको हुदा सावधानी अपनाउनुहोला। स्वास्थ्यमा पनि केहि समस्या देखा पर्न सक्ला।

तुला राशि:

सरकारी क्षेत्रमा काम गर्ने व्यक्तिका लागि यो समय निकै फलदायक साबित हुनेछ। तर केहि व्यक्तिहरुको भने स्थानान्तरण पनि हुन सक्ने योग रहेको छ। तर स्थानान्तरण पनि निकै लाभदायक साबित हुनेछ। प्रेम जीवनमा भने केहि समस्याहरु देखा पर्ला। यात्राको लागि भने राम्रो समय रहेको देखिन्छ।

वृश्चिक राशि:

यस गोचरले वृश्चिक राशिका व्यक्तिहरुका लागि मिश्रित परिणाम दिनेछ। पारिवारिक वातावरण खराब हुनुका साथै परिवारको सदस्यहरुसंग मन मुताव हुन सक्ला। तर कार्यक्षेत्रमा भने पुरा ध्यान काममा नै रहनेछ। परिणाम स्वरुप, राम्रो परिणामहरू पाउनुका साथै सबैले प्रशंसा पनि गर्नेछन्।

धनु राशि

सूर्य देवको यस गोचर धनु राशिहरुका जीवनमा शुभ परिणाम दिनेछ। आफन्त तथा पारिवारिक सम्बन्धहरुमा सुधार आउनेछ। समाजमा सम्मानित हुने र उच्च पदहरुका नुयूक्त हुने योग रहेको छ। भाग्य वृद्धि हुने देखिन्छ। यस समय, विभिन्न लाभ मिल्नुका साथै समाजमा सम्मान पनि पाउने देखिन्छ।

मकर राशि

अचानक धन प्राप्त भएको कारण मन प्रसन्न रहनेछ। परिवारबाट आर्थिक सहयोग प्राप्त होला। कैयौँ वर्ष देखि नबनेको काम यस समयमा बन्न सक्ला। नसोचेको ठाउबाट धन प्राप्त हुनेछ। व्यापार बिस्तार हुनुका साथै निकै लाभ हुने योग रहेको छ। यात्रा गर्दा भने केहि सावधानी अपनाउनु पर्ने देखिन्छ।

कुम्भ राशि:

यस गोचर कुम्भ राशिका व्यक्तिहरुका लागि निकै प्रभावकारी साबित हुनेछ। आत्मविश्वास बढ्नुका साथै काममा पदोन्नतिको पनि सम्भावना देखिन्छ। सामाजिक कार्यमा मन जानेछ। स्वास्थ्य कमजोर हुने योग रहेको हुदा, सावधान अपनाउनु होला। नयाँ कार्य सुरु गर्ने सोचमा हुनुहुन्छ भने समय निकै अनुकुल रहेको देखिन्छ।

मीन राशि:

मानसिक तनावबाट बच्नका लागि विरोधीहरुबाट टाढै रहनुहोला। यस समय, कामको सम्बन्धमा गरिएका प्रयासहरु अर्थपूर्ण हुनेछ र कार्यस्थलमा पनि राम्रो प्रदर्शन गरिनेछ। व्यापार गर्नेहरुका लागि पनि निकै लाभ हुने देखिन्छ। तिर्थ यात्राको लागि राम्रो योग रहेको हुदा यस समयको फाइदा उठाउन सक्नुहुनेछ।

प्रकाशित : सोमबार, माघ २७, २०७६१३:४९

पर्सि अर्थात फागुन १ गते सूर्यले आफ्नो राशी परिवर्तन गर्दै, यी राशिलाई हुनेछ फाइदा!