पर्सि अर्थात फागुन १ गते सूर्यले आफ्नो राशी परिवर्तन गर्दै, यी राशिलाई हुनेछ फाइदा!

फागुन १ गते अर्थात् १३ फेब्रुअरीमा सूर्य ग्रह कुम्भ राशिमा प्रवेश गर्दैछ । यस राशिमा सूर्य  १४  मार्चसम्म  स्थित रहनेछ, त्यसपछि यस ग्रहले  मिन  राशिमा प्रवेश गर्नेछ । कुम्भ  शनि ग्रहको  राशि हो । जबकि  शनि र सूर्यमा  शत्रुताको  भाव रहेको छ । सूर्यको यस गोचरको  प्रभाव सबै राशीमा  सकारात्मक र नकारात्मक दुवै रुपमा पर्छ  । जान्नुहोस्, सुर्यको राशी परिवर्तनले कुन राशिलाई कस्तो प्रभाव पर्नेछ ?

मेष
आम्दानी बढ्नेछ, लाभको स्रोत वृद्दि हुनेछ  । शासन-प्रशासन कार्यमा  सफलता  मिल्नेछ । अफिसमा तारिफ प्राप्त हुनेछ । व्यापारमा  लाभ हुनेछ । विधार्थीलाई  शिक्षा सम्बन्धित  क्षेत्रमा राम्रो  परिणाम मिल्नेछ । सन्तानको सुख मिल्नेछ ।

वृष
पेसामा सफलता मिल्नेछ । तपाईको  प्रभाव बढ्नेछ   र मान सम्मानका साथै कार्य  क्षेत्रमा  नेतृत्व गर्ने  मौका मिल्न सक्छ । तपाईले  पदोन्नति र तलब  वृद्दि भएको संकेत पाउनुहुनेछ ।

मिथुन
सामाजिक जीवन निकै राम्रो हुनेछ । मान-सम्मान बढ्नेछ ।  तपाईको  धन र धान्यको  लाभ हुनेछ  र कार्यमा   सफलताको  आत्मविश्वास रहनेछ । सरकारी क्षेत्रबाट  उत्तम लाभको  योग बन्नेछ ।

कर्क
तपाईलाई  पैतृक सम्पत्ति प्राप्त होला।  तपाईको  पिताको  स्वास्थ्य  निकै खराब हुन सक्छ । जो कानूनको  विरुद्ध हुन्छ, त्यसलाई तपाईले  प्रशासनको तर्फबाट दण्डित गर्नुहुनेछ  ।

सिंह
तपाईको  स्वास्थ्यमा पहिलाभन्दा सुधार हुनेछ। पुरानो कुनै  स्वास्थ्य समस्याबाट राहत अनुभव गर्नुहुनेछ । दाम्पत्य जीवनमा केहि समस्या आउनेछ ।

कन्या
तपाई  विभिन्न प्रकारको  कोर्ट सम्बन्धि मामलामा राम्रो परिणाम प्राप्त हुनेछ  र तपाई आफ्नो  विरोधिलाई हराउनुहुनेछ । तपाईको आवश्यक खर्च हुन्छ, त्यसैले आर्थिक स्थिति बलियो  हुनेछ ।

तुला
शासन-प्रशासनबाट  लाभ  मिल्नेछ।  सरकारी क्षेत्रमा  काम  गर्ने मान्छेको लागि पनि यो  गोचर अनुकूलता लिएर आउनेछ  ।  यधपी  केहि मान्छेलाई यसै क्रममा  असामयिक समस्याको सामना  गर्नुपर्नेछ।

वृश्चिक
तपाईको  परिवारमा  विशेष तनावको  सामना गर्नुपर्नेछ । तपाईभित्र  अहम भावना जागनेछ  । तपाई  परिवारमा  सर्वश्रेष्ठ हुनुहुन्छ ।

धनु
तपाईको भाग्य वृद्दि हुनेछ।  तपाईको सबै काम बन्नेछ, जसबाट तपाईलाई लाभ पनि हुनेछ  । यसैक्रममा तपाई कुनै  तीर्थ यात्रा पनि जानुहुनेछ  । यात्रामा तपाई शान्तिको अनुभव गर्नुहुनेछ ।

मकर
आफ्नो स्वास्थ्यको ध्यान राख्नुहोला  । अचानक  धन प्राप्ति हुनाले तपाईको मन  प्रफुल्लित हुनेछ। तपाईले राम्रो नतिजा प्राप्त गर्नुहुनेछ । केहि मान्छेलाई  आफ्नो ससुराली पक्षबाट राम्रो नतिजा मिल्नेछ र  कुनै  प्रकारको  आर्थिक मदत मिल्नेछ ।

कुम्भ
आत्मविश्वास बढ्नेछ । साथै अहम भावना पनि बढ्नेछ  । दाम्पत्य जीवनमा यस  इस गोचरको  असर नकारात्मक रूपबाट हुन सक्छ ।

मिन
खर्च बढ्न सक्छ  । केहि मान्छे विदेश जान सफल हुनेछन्  ।  तपाई आफ्नो  विरोधि  प्रति सावधान रहनुहोला ।

प्रकाशित : मङ्गलबार, माघ २८, २०७६१२:३६

नयाँ साल २०७७ कुन राशिको लागि कति शुभ ? हेर्नुहोस् वार्षिक राशिफल !