पछि परेको स्थिति उल्ट्याएर सानदार जित, रियल शिर्षस्थानमा !

एजेन्सी – स्पेनिस ला लिगामा रियल म्याड्रिडले सानदार जित निकालेको छ । रियलले एक गोलले पछि परेको स्थिति उल्ट्याएर ओसासुनामाथि ४–१ को सानदार जित निकालेको हो ।

ओसासुनाको मैदानमा रियालको सानदार जितमा इस्को, सर्जियो रामोस, लुकास भास्क्वेज र लुका जोभिकले गोल गरे । ओसासुनाका युनाई गार्सियाले एक गोल फर्काए ।

खेलको १४औं मिनेटमा युनाइको गोलबाट ओसासुनाले खेलमा  अग्रता लिएको थियो । ३३औं मिनेटमा इस्कोले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । ३८औं मिनेटमा कप्तान सर्जियो रामोसले गोल गरेपछि रियालले पहिलो हाफमा २–१ को अग्रता लिन सफल भयो ।

८४औं मिनेटमा लुकास भास्क्वेजले करिम बेन्जेमाको पासमा गोल गर्दै रियाललाई फराकिलो जिततर्फ अग्रसर गराए । इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा फेडरिको भेलभेर्डेको पासमा लुका जोभिकले गोल गर्दै ४–१ को सानदार जित दिलाए ।

जितसँगै रियालले शीर्षस्थानमा ३ अंकको अग्रता यथावत राखेको छ । रियालको २३ खेलबाट ५२ अंक रहेको छ । उति नै खेलबाट बार्सिलोनाको ४९ अंक छ । ओसासुना २८ अंक जोडेर १२औं स्थानमा छ ।

प्रकाशित : सोमबार, माघ २७, २०७६०३:२९

ब्राजिलियन रोनाल्डोका नजरमा यी हुन् विश्वका सर्वोत्कृष्ट ५ खेलाडी, सूचीमा क्रिस्टियानो परेनन्